यहाँ अमृत अनि जहर उस्तै उस्तै लाग्छ …

तिमीले भन्ने शब्दका भेल याद आउछन
तिम्रा मिठा कुराहरु बाचुन्जेल याद आउछन्
कोही थिएनौ मेरो केही दिन अघिसम्म
पहिले खासै सम्झिन्नथे अचेल याद आउछन
*
यो शहर अनि रहर उस्तै उस्तै लाग्छ
यहाँ अमृत अनि जहर उस्तै उस्तै लाग्छ
शहरमा जिउन गाह्रो जहर पिउन गाह्रो
दिन अनि रात सबै प्रहर उस्तै उस्तै लाग्छ
*
आमाले दुध खुवाउदा देखेका ति सपनाहरु
आज तिमीले रुवाउदा टुटेका छन्
तिम्रा ति आदर्शबादी मायाको नाटकहरु
आमाले आंसु चुहाउदा छुटेका छन !

झलक काउचा
बागलुङ, २०७५ जेठ १४ ।
हाल दक्षिण कोरिया ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *