Menu

जापानी नागरिक ओरिमाले गरे लाम्मेलाको सरस्वती आधारभुत विद्यालयलाई सहयोग !

बसन्त घर्ती मगर, तमान २०७५ वैशाख १४ । तमानखोला गाउँपालिकाको वडा नं ४, लाम्मेलामा रहेको सरस्वती आधारभुत विद्यालयलाई जापानी नागरिक ताकासी ओरिमाले नगद रु. १० हजार सहयोग गरेका छन ।

उनले यसभन्दा अगाडि पनि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई कपि र कलम सहयोग गरेका थिए । साथै उनले आगामि दिनमा विद्यालयलाई सोलार सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरेका छन । विद्यालयलाई निरन्तर सहयोग गर्ने यी जापानी नागरिक ओरिमा कम्पनी लिमिटेड, जापानका प्रेसिडेन्ट हुन ।

उनले गरेको सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक कुम बहादुर छन्त्यालले उहाँलाई सहयोगको लागि धन्यवाद दिदै सहयोगको विद्यालयले सधैं कदर गर्ने कुरा बताए । ओरिकाले गरेको सहयोग रकम एक अनौपचारिक कार्यक्रम मार्फत विद्यालयलाई प्रदान गरेका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *