Menu

बडीगाड- ३ सिसाखानीमा काँग्रेस र जनमोर्चाको संयुक्त छायाँ सरकार !

कमल पौडेल, बागलुङ खर्वाङ २०७५ जेठ १३ । बडीगाड गाउँपालिका वडा नं. ३ मा नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चा मिलेर छायाँ समिति (सरकार)को गठन गरेका छन् । नेपाली काग्रेसका दिल वहादुर पुन संयोजक र राजमोका नर वहादुर प्रतेल उपसंयोजक रहेको समितिको गठन गरेका हुन् ।

सो समितिले जनताको चाहना अनुसार विपक्षको उचित र आवश्यक सहयोग छलफल र नियन्त्रणको भूमिका निर्वाह गर्न छायाँ समितिको गठन गरिएको भन्दै सिसाखानीमा भएका संस्थाहरुको निर्माण तथा व्यावस्थापन समितिको विवरण पठाउन वडा कार्यालयमा निवेदन दिएको छ। सिसाखानी भित्रका सरकारी तथा गैरसरकारी ८ ओटा संस्थाको विवरण पठाउन अनुरोध गरेको हो। संयोजक पुन, उपसंयोजक प्रतेल र सदस्य कुमारी थापाको हस्ताक्षर रहेको उक्त पत्रमा सात दिन भित्र छायाँ समितिमा विवरण वुझाउन भनिएको छ।

यसरी एउटा वडामा छायाँ स्थानीय सरकार सन्चालनमा ल्याईएाको बागलुङमा पहिलो हो ।

पत्रको फोटो :

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *