Menu

१ दिने क्षमता अभिबृद्धि एवम तनाब व्यबस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

बागलुङ २०७५ जेठ १३ । महिला हित संरक्षण समुहले आज १ दिने क्षमता अभिबृद्धि एवम तनाब व्यबस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बागलुङ नगरपालिकाका उपप्रमसख सुरेन्द्र खड्काले गरेका थिए । कार्यक्रममा श्रमिक महिला दिदीबहिनीहरु ७८ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उदघाटन पछी बोल्दै उप प्रमुख खडकाले यस्ता कार्यक्रमहरुले महिला दिदीबहिनीहरुको क्षमता बृद्धि भै आयआर्जन तर्फ अग्रसर गराई आत्मनिर्भर बनाउन धेरै ठुलो मद्दत पुराउने बताए । उनले यसप्रकारका कार्यक्रमहरुमा आगामि दिनहरुमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका िथए । प्रशिक्षकहरुमा लक्ष्मी जि सि कार्कि,जोस्ना शाक्य,लिलादेवी खडका रहेका छन् ।

कार्यक्रम खडक कुमारी खडकाको अध्यक्षता रहेको थियो भने संचालक सावित्री के सीले गरेकी थिईन् । सो अवसरमा,स्वागत भाषण सन्तु खडकाले गर्ेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *