प्रगतिशील युवा परिवार व्दारा मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण !

शान्त खत्री मौसम, ताराखोला २०७५ जेठ १३ । केहि महिना अघि आफ्नै गाउमा आकस्मिक मृत्य अवस्थामा भेटिएका ताराखोला गाउँपालिका वार्ड न ३ कांक्राखोरका धनबहादुर चुदाराको परिवारलाई आज एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरिएको छ । प्रगतिशील युवा परिवारले आर्थिक संकलन अभियान संचालन गरेको थियो । मृतकको परिवारको पारिवारिक स्थिति कमजोर हुनुका साथै उनका ९ बर्ष छोरा गणेश चुदाराको धेरै बर्ष देखी स्वास्थ्य स्थिति कम्जोर भएको र उपचार गर्न समेत समस्या भएको हुँदा प्रगतिशील युवा क्लबले घाउमा मलम लगाउने काम गरेको क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै समाजसेवी बलबहादुर घिमिरेले मानिसलाई समस्य पर्यो भनेर आत्तिनु हुदैन र धेरै गर्नु पर्छ भन्दै परिवारलाई सान्त्वना दिएका थिए।

त्यस्तै सहयोग अभियानका सदस्य एवम् वडा न । ३ का सदस्य हेमन्त घिमिरेले मृतकका परिवारलाई रकम बच्चाको उपचारको लागी सदुपयोग गर्ने अनुरोध गर्दै समस्यहरुमा धैर्य गरेर अगाडि बढ्न अनुरोध गरेका थिए । सहयोग रकम कार्यक्रम जापानमा डम्बर घिमिरे र अनिल सापकोटाको पहलमा १ लाख २ हजार २ सय त्यस्तै काठमाडौमा आर पी निउरे र नारायण घिमिरेको पहलमा ७ हजार ५ सय ६८ र रामपत्री टोल कांक्राखोरमा बाट ५९ हजार ८ सय ८७ संकलन भएको थियो । प्रगतिशीलको पहलमा सहयोग रकम संकलन गरिएको थियो । जम्मा संकलित रकम १ लाख ६९ हजार ५ सय ५५ मृतक धनबहादुर चुदाराको आमा बिष्णु चुदारा र श्रीमती कुमारी चुदारालाई आम जनभेला कार्यक्रमबाट सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष एवं सहयोग अभियानका प्रमुख कर्णबहादुर भण्डारीले समाजमा हरेक ब्यक्तिलाई समस्या पर्दा समुदाय संगै मिलेर क्लबले सहयोग गरिरहेको बताउदै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिए ।

कार्यक्रम पत्रकार शान्त खत्री मौसमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *