Menu

आजको तस्वीर : किन गराए व्यापारीहरुले बागलुङ बजार बन्द ?

बागलुङ २०७५ जेठ १३ । बागलुङ नगरपालिकाले आईतबार बिहान देखी बागलुङ बजारका पसलहरु बाहिर झुण्डाई राखेका र घरको पेटीमा राखिएका व्यापारिक सामानहरु उठाएर लगेपछी व्यापारीहरु आन्दोलित बनेका छन् । बिना पूर्व सूचना एक्कासी आएर सामानहरु उठाई लगेको विरोधमा बजारका अधिकाँश पसलहरु बन्द छन् । व्यापारीको एक समुह बजार बन्द गराउदै हिँडिरहेको छ भने आफुले घर बनाउदै छोडेको पेटीमा किन राख्न नपाउने भन्ने प्रश्नपनि उठाएका छन् ।

बागलुङ उद्योग बाणिज्य संघले कुनै आधिकारिक प्रतिकृया नदिएपनि संघका पदाधिकारीहरु स्वयं बन्द गराउन हिँडेको देखिएको छ ।
बागलुङ बजारका सडकहरुमा निर्माण सामाग्री जथाभावीरुपमा राखिदा यात्रुहरुलाई असुविधा र सवारी दुर्घटनाको संभावना बढेको भनि बारम्बार बिरोध भैरहेको परिप्रेक्षमा नगरपालिकाले यो अभियान सन्चालन गरेको विश्वास गरिएको छ । तर एक पटक जानकारी दिएर सडक पेटीबाट सामान हटाएको भए हुने थियो भन्ने व्यापारीहरुको माग भने नाजायज देखिदैन ।

तस्वीर-नारायण गौतम, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *