गीत लेखनमा एक राम्रा”उत्कृष्ट”गीतकार हुन् अविनाश थापा

खिमलाल पाण्डे,युएई, २०७५ जेठ १३ । हाल गीतकार, “कन्फ्युजन दिलको डिलित गर न”बोलको गीत confusion को साथमा दर्शक श्रोताहरु माझ प्रस्तुत् भएका छन् । गीतकार थापाको शब्द रहेको ‘कन्फ्युजन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भीम बिसिको संगीत ,ध्रुब बिसि र सारिका घिमिरेको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियोलाई लाइट एण्ड स्याडो मिडिया हबले बजारमा ल्याएको हो ।शैलेन्द्र एम प्रधानको एरेन्ज तथा सजन थापा र राजेश श्रेष्ठको रेकर्डिङ रहेको गीतको भिडियोलाई राज कार्कीले निर्देशन र सम्पादन गरेका हुन् ।भिडियोमा चपुर हिरोज क्रुको आकर्षक प्रस्तुति देख्न सकिन्छ । सर्जक थापाको यस अघिपनि धेरै गीतहरू बजारमा आइसकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *