तमानमा एक दिने पशु स्वास्थ्य निस्शुल्क शिविर सम्पन्न

बसन्त घर्ती मगर २०७५ वैशाख १२ । तमान पशु तथा पन्छीहरुको स्वास्थ्यलाई ख्याल गर्दै गाउँमारहेका बिरामी र रोगी पशु तथा पन्छीहरुलाई औषधि वितरण र कुकुरहरुलाई रेबिजको इन्जेक्सन दिइएको छ ।

तमानखोला गाउँपालिका र पशुसेवा शाखा तमानखोला गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता तमानखोला गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष उदिम बहादुर छन्त्याल, प्रमुख आथित्यता तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर सन्चालन पशु प्राविधिक यम कुमारी घर्ती, स्वागत मन्तव्य ढोरपाटन नगरपालिकाका पशु सेवा प्राविधिक प्रमुख खुमानन्द पोखरेल र तमानखोला गाउँपालिका वडा नं ३ का वडा सदस्य गोविन्द बुढा मगर र समाजसेवी एवं नेपाली काङ्ग्रेस तमानखोला गाउँपालिकाका सह(संयोजक झक बहादुर बुदा मगरले मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *