वामीको रुद्रावती बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोल्न आज छलफल हुँदै !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ फागुन ११ । रुद्रावती बहुमुखी क्याम्पस वामीमा मंगलवार बिद्यार्थी भर्ना लगायत बिभिन्न मागहरु राखी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलबार गरेको तालाबन्दी खोल्ने विषयमा आज बुधवार बिहान व्याम्पस प्रमुखको उपस्थितीमा संगठनका मागहरु र तालाबन्दीका विषयमा छलफल हुँदैछ ।

तालाबन्दी खुलाउन हिँजो बसेको सञ्चालक समिति, बिद्यार्थी संगठनका प्रतिनिधि तथा प्राद्यापकहरुको संयुक्त बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा अनेरास्ववियु, सञ्चालक समिति, बिभिन्न राजनीतिक आस्थाका ब्यक्तिहरु बिच चर्काचर्की भएको थियो ।

संगठनले हिँजो बिहान करिब साढे ६ बजेको समयमा क्याम्पसको गेट लगायत क्याम्पस प्रशासनमा तालबान्दी गरेको थियो ।

यसैबिच नजिकिदै गरेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावको बिषयमा क्याम्पसमा महोल तात्दै गएको छ । क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनहरु बिच प्रतिस्पर्धा पनि बढ्न थालेको छ । बिद्यार्थी संगठनहरुहरु कसरी निर्वाचन कसरी जित्ने भनी दौडधुपमा लागेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *