Menu

निसीखोलाका ३ र ४ नम्बर वडा कार्यालय एकै कोठा एकै सचिवव्दारा सन्चालन !

डम्मर बुढा मगर बागलुङ (बुर्तिबाङ) २०७५ जेठ ९ । निसीखोला गाउँपालिका ३ र ४ नम्बर वडाको वडा कार्यालय एउटै भवनबाटै संचालन हँुदै आएको छ । दुई वटै वडाको वडा कार्यालय १ जना सचिवले मात्रै संचालन गर्दै आएका छन् ।

स्थानीय चुनाव सकिएर जनप्रतिनिधीहरुले आफ्नो कार्यभार समाले को एक वर्ष पुरा भै सक्दा पनि वडा कार्यालय र सचिव छुट्टा छुट्टै हुन सकेका छैनन् ।
अहिले कार्यालय निसीखोला गाउँपालिका–४ झिवाखोला बजारबाट संचालन हुँदै आएको छ । कार्यालय साविक बोहरागाउँ गाविसको गाविस भवनबाट संचालन भैरहेको छ ।

वडा कार्यालय संचालनका लागि उचित स्थान नभएको र गाविस भवन बाटै कार्यलय संचालन गर्दा कार्यालय संचालन गर्ने खर्च बचत हुने भएकाले एकै ठाउँदेखि नै कार्यालय संचालन गरि रहेको निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेलले बताए ।

दुई वटा कार्यालय एउटा सचिवले मात्र संचालन गर्दा सेवा ग्राहीहरुले घण्टौ कुर्नु परेको सेवा उनिहरुको गुनासो छ । कार्यालय एकै ठाउँमा हुँदा सेवा ग्राहीहरु टाढा–टाढादेखि आउनु पर्ने बाध्यता रहेको छ ।

त्यस्तै २ वटा वडाको कार्यसन्चाल आफु एक्ललेै गर्नु पर्दा सेवा ग्राहीहरुलाई समय मै सेवा प्रदान गर्न नसक्ने र सेवा ग्राहीहरु रिसाउने झर्किने गरेको वडा सचिव टिकाराज न्यौपानेले बताए ।

“सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समयमा सेवा ग्राहीहरुको भीड हुन्छ, त्यस बेला गाह्रो हुन्छ, अन्य समयमा जनतन कार्यालय चलाईए कै छ” सचिव न्यौपानेले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *