Menu

दुवई पुगेको १५ महिनामै गुल्मेली एक युवाको सडक दुर्घटनामा मृत्यु !

प्रेम सुनार, गुल्मी २०७५ जेठ ९ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका ३० वर्षिय खड्गबहादुर बिकको दुवईमा सडक दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रवार उनको दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा मृत्यु भए पनि परिवारलाई आज मात्र जानकारी दिईएको हो ।

१५ महिना अघि दुवई उडेका बिकको घरमा अहिले एक श्रीमति मात्रै रहेकी छन् । दिदी वहिनीको विवाह भएको र उनका दाजु रुपन्देहीमा बसाई सराई गरेका छन् । विपन्न परिवारका बिक त्यस अघि मलेशियाबाट फर्केका थिए । उनी र बागलुङ बडीगाड गाउपालिका जलजलाकी लक्ष्मी संग प्रेम विवाह भएको थियो । तिन वर्ष अघि विवाह भए पनि बढि मात्रमा विदेशको वसाई भएकोले सन्तानको रहर गर्दागर्दै उनको त्यो रहर अधुरै रहेको छ ।

माईती घर पुगेकी उनकी श्रीमती लक्ष्मी यति वेला मुर्छित बनेकी छन् । उनको शव ल्याउने प्रकृयाका लागि आफुहरु वडामा कागज पत्र तयारी गर्दै रहेको मृतकका भिनाजु रविलाल बिकले बताए । स्थानिय समाजसेवी महेन्द्र बिसीका अनुसार उनि १५ महिना अघि काठमाडौंको बिएस ओभरसिज म्यानपावरबाट दुवईको अलमना हाईपर सुपरमार्केटको कामदारका रुपमा उडेका थिए ।

प्रकाश सपुतको गीत गुनगुनाउँदै आफन्त

हालै प्रकाश सपुतको ‘वोल न माया एक वचन वोल’ तिम्रै वोली छ मलाई अनमोल’ वोलको गीत उनको मृत्युको खवर संगै उनका आफन्त र छिमेकीले गुनगुनाउन थालेका छन् । उक्त गीतको अन्तरमा– ‘धन ल्याउँ छु भन्दै गएका थियौं उडेर आकाशमा , कस्तो भई गयौं कस्तो भई आयौं काठको वाकसमा…’ भनिए झैको विलौना र चित्कारमा छन बिक पत्नी लक्ष्मी पनि ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *