अधिकारीचौर घैया खानीका अग्नि पीडितलाई एमालेद्वारा राहत प्रदान !

कृष्ण कँडेल, बागलुङ २०७३ फागुन १० । नेकपा एमाले अधिकारीचौर गाउँ कामिटिले गत माघ २४ गते आगलागीमा परि ज्यान गुमाएका अधिकारीचौर–३ घैयाखानीका दुई बालबालिकाका अभिभावकलाई नगद राहत प्रदान गरेको छ ।

घैयाखानीमा रहेको अस्थायी गोठमा आगलागी हुँदा ओमकार विकका ७ बर्षका छोरा यमलाल विक र ३ बर्षका छोरी सम्भना विकको ज्यान गएको थियो ।
एमाले अधिकारीचौर गाउँ कमिटिले दिवंगत बालबालिकाको सम्झनामा एक श्रदाञ्जली कार्यक्रमको आयोजना गरि एमाले समर्थक तथा शुभचिन्तकबाट संकलन गरिएको नगद १५ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनले स्वार्गीय वालवालिकाका वुवा ओमकार विकलाई रकम हस्तान्त्रण गर्नुभएको ग्रामिण विकाश मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढाले बताए ।

रकम हस्तान्तरणपछि बौल्दै सचिवालय सदस्य पुनले अचानक हुने प्राकृतिक विपत्ति जो कसैलाई पनि पर्नसक्ने हुँदा गाउँ कमिटिले गरेको सहयोगले सोकमा परेको परिवारलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमम निवर्तमान जिल्ला सचिवालय सदस्य दलबहादुर घर्ती, वडा नागरिक मञ्चका संयोजक थमबहादुर छन्त्याल, स्थानिय दलित जागरण युवा क्लवका अध्यक्ष रनबहादुर विक, एक्टिभ महिला समुहका अध्यक्ष डिलकुमारी छन्त्याल र जनता प्राविका प्रधानाध्यापक रुपप्रसाद भण्डारीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा एमाले गाउँ कामिटि अधिकारीचौरका अध्यक्ष सुनिल घर्तीको अध्यक्षता र सचिव प्रेम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *