Menu

बिशाल एकता सभामा माओवादीबाट निर्वाचित सांसद पौडेल र बुढा अनुपस्थित रहेपछी … !

बागलुङ २०७५ जेठ ९ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो बिशाल एकता सभा (जस्तो भनिएको छ, व्यानरमा लेखिएको छ) मंगलबार ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा सम्पन्न भएको छ । बिशाल एकता सभाका प्रमुख अतिथी प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हिँजै पोखरा फिरी सकेका छन् ।

तर, बिशाल एकता सभाको मन्चमा बागलुङ क्षेत्र नं २ (यसै क्षेत्र) बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित तत्कालीन माओवादी केन्द्रका देबेन्द्र पौडेल तथा बागलुङ क्षेत्र नं २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित तत्कालीन माओवादी केन्द्रका चन्द्रबहादुर बुढा सागरको अनुपस्थिति नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्र चर्चाको विषय बनेको छ ।

जुन निर्वाचन क्षेत्रमा पार्टी एकताको खुशियालीमा विशाल एकता सभाको आयोजना गरिएको छ, त्यस्तो महत्वपूर्ण सभामा यस क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित पौडेल र यसै क्षेत्र को क बाट प्रदेश सभामा निर्वाचित बुढा अनुपस्थित रहनु कार्यकर्ताहरुले पचाउन सकेका छैनन् । अर्कोतिर विशाल एकता सभाको मन्चमा तत्कालीन एमालेका नेता कार्यकर्ताहरुको बाख्लो उपस्थितिका साथै सभामा देखिएको न्यून जन उपस्थितिले पनि केहि नमीठो संकेत दिएको कार्यकर्ताहरुमा गाईँगुईँ चलेको छ ।

बुर्तिवाङको सभामा प्रतिनिधी सभा सदस्य पौडेल र प्रदेश सभा सदस्य बुढा अनुपस्थित रहनुले चर्चा पाएकै छ त्यस्मा पनि बागलुङ जिल्ला क्षेत्र नं १ ख बाट प्रदेशसभा सदस्य एवं तत्कालीन नेपका एमाले बागलुङ जिल्ला कमिटका अध्यक्ष र्ईन्द्रलाल सापकोटा मुख्यमन्त्री गुरुङका साथ देख्दा पार्टी पंक्तिमा रामै चिसो पसेको अनुमान धेरैको छ ।

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधी र प्रदेश सभा सदस्यहरुको अनुपस्तितिलाई लिएर सामाजिक सन्जाल फेसबुकमा टिप्पणीहरु पनि भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *