Menu

सितोरियो कराँते प्रतियोगीतामा त्रिमावि खर्वाङका विद्यार्थी ठकुरी र पच्याले जीते स्वर्ण पदक !

कमल पौडेल, खर्वाङ २०७५ जेठ ८ । पोखरा रंगशालामा सम्पन्न भएको उपराष्ट्रपति कप प्रतियोगिता अन्तरगत सितोरियो कराँतेमा त्रिभुवन मावि बडीगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीले २ स्वर्ण पदक जितेका छन् । ३८ केजी तौल तर्फ रिनुता सिंह ठकुरी र ३४ केजी तौल समुहमा शिक्षा पच्याले सो उपाधि जितेका हुन् ।

नेपाल सितोरियो कराते खेललाई स्थानिय तह र तप्कावाट आवश्यक सहयोग नहुँदा संघर्ष गरेरै खेल विस्तार गरिरहेको खेल प्रशिक्षक गणेश थापाले जानकारी दिए । खेलाडीहरु भोलि ९ गते विहान ८ वजे राष्ट्रिय खेल छनौटको लागि काठमाडौ प्रस्थान गर्ने वताइएको छ । यस अघि पनि त्रिभुवन माविवाट सहभागि खेलाडीहरुले विभिन्न पदक जित्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *