Menu

ढोरपाटनको बृहत्तर बिकासको लागि गुरुयोजना बनाउन बिज्ञ सम्मिलित कार्यदल बनाउने मुख्यमन्त्रीको घोषणा !

ढोरपाटनस्थित उत्तरगंगा जलासययुक्त विद्युत परियोजना प्रदेश सरकारले सन्चालन गर्ने जानकारी !

दिनेश शर्मा बुर्तिवाङ २०७५ जेठ ८ । प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले ढोरपाटन स्थित उत्तरगंगा जलासययुक्त विद्युत परियोजना प्रदेश सरकारले सन्चालन गर्ने जानकारी दिँदै ढोरपाटनको बृहत्तर बिकासको लागि गुरुयोजना बनाउन बिज्ञहरु सम्मिलित कार्यदल बनाउने घोषणा गरेका छन् ।

आज बुर्तिवाङमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको विशाल एकता सभालाई सम्वोधन गर्दै मुख्य मन्त्री गुरुङ यस्तो बताएका हुन् ।

बिकासको मुलधारमा नआइ ओझेलमा रहेको बागलुङ को साबिक ३ न क्षेत्रलाई बिकासको प्राथमिकतामा राखी कामगर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले ढोरपाटन नेपालको एक अमुल्य सम्पती भएकोले ढोरपाटन नआइ मरेको भए मेरो सास अधुरो रहने बताए ।

मुख्यमन्त्री गुरुङले दुई पार्टीको एकताले कम्युनिष्टहरु फुट्नमात्र जानेका छन् भन्ने भावलाई चिर्दै अबको समयमा दुई पार्टी मात्र नभई अन्य टुक्रा टुक्रामा फैलिएका कम्युनिष्टपार्टीहरु समेत एकै ठाउँमा आउनुपर्ने समयआएको बताउदै अन्य दललाई समेत एकतामा सहभागिता हुन आग्रह गरे ।

प्रदेश सरकारको निम्ति केन्द्र सरकारले स्पष्ट नीति ,कर्मचारीको ब्यवस्थापन ,सस्थागत समरचना लगाएत थुप्रै कुराको ब्यवस्थापन नभैसकेको र कुन खाले योजना संघीय सरकारले गर्ने प्रष्ट नभएको हुदा १०० दिनमा काम नभएको भनीमुल्यांकन गर्न नहुने उनको जिकिर थियो ।

उनले प्रदेश न ४ मा धार्मिक, पर्यटकीय ,लगायतका थुप्रै खालका श्रोत साधन भएको हुदा प्रदेश सरकार सम्पन्न भएको दाबी समेत गरे । प्रदेश न ४ जलश्रोत को धनी प्रदेश भएको हुदा यसको पुर्ण सदुपयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सो अवसरमा बागलुङ जिल्लाको क्षेत्र नं क बाट निर्वाचित प्रदेश सभा सदस्य ईन्द्रलाला सापकोटाले सबै कम्युनिस्ट लाई गोलबन्द हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता मोहनलाल शर्मा, तुल्सिराम अर्याल, ढोरपाटन नगर प्रमुख देबकुमार नेपाली, दलित अगुवा कुविर बिश्वकर्मा, वडीगाड गांउपालिका अध्यक्ष मेहरसिंह पाईजा, महिलाको तर्फदेखि लक्ष्मी वानियाँ लगायतले मन्तब्य ब्यतm गर्दे दुई पार्टीबिच एकता भै गठित नेपाल कम्युनिष्ट पार्टीले देशको समृद्धि र जनताको आशालाई समेट्ने बताए ।

कार्यक्रम नेकपाका ढोरपाटन नगर समिती संयोजक लक्ष्मण पुनको अध्यक्षता ,केशर छन्त्यालको स्वागत चन्द्रलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

मुख्यमन्त्री गुरुङ कार्यक्रम सम्पन्न भए लगत्तै पोखरा फर्किएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *