Menu

मुख्यमन्त्री गुरुङ ढोरपाटनमा : ढोरपाटन-बुर्तिवाङ सडक स्तरोन्नती गर्न माग !

ढोरपाटन, २०७५ जेठ ८ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ बुर्तिवाङ बजारमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको विशाख एकता सभालाई सम्वोधन गर्ने सिलसिलामा आज विहान हेलिकप्टरबाट ढोरपाटनमा आएर विहानको खानपिन गरी बुर्तिवाङ फर्किएका छन् ।

मुख्यमन्त्री गुरुङ साथ प्रदेश सांसद ईन्द्रलाल सापकोटा (साबिक नेकपा एमाले जिल्ला पार्टी सभापति) तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली पनि ढोरपाटन आएका थिए ।

ढोरपाटनमा रहँदा मुख्य मन्त्री गुरुङले स्थानीयसंग यहाँको बस्तुस्थितीबारे जानकारी लिएका थिए । सो अवसरमा मुख्य मन्त्री गुरुङ समक्ष स्थानीयले शिक्षा, खानेपानी, बुर्तिवाङ ढोरपाटन सडक स्तरोन्नति लगायतका विषयमा माग प्रत्र दिएका थिए ।

मुख्यमन्त्री गुरुङले माग पत्र बुझ्दै बुर्तिवाङ ढोरपाटन सडकको स्तरोन्नति गरिने आश्वासनका साथै ढोरपाटनमा कम्तिमा तीनवटा होम स्टे सन्चालन गर्न नगरप्रमुख नेपालीलाई निर्देशन दिएको ढोरपाटनबाट सहकर्मी ईन्द्र शाहीले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *