Menu

बुर्तिवाङमा नेपाल कम्युनिष्ट पार्टीको विशाल एकता सभा सुरु !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ जेठ ८ । नेपाल कम्युनिष्ट पार्टीको बिशाल एकता सभा ढोरपाटन नगरपालिका बुर्तिवाङ बसपार्कमा सुरु भएको छ । मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले विशाल एकता सभाको मैन बत्ती प्रज्ज्वलित गरी समुद्घाटन गरेका छन् ।

यस अघि मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई प्रमुख अतिथीको आसन ग्रहण गराईएको थियो भने अन्य अतिथिहरुमा प्रदेश सांसद इन्द्रलाल सापकोटा, अतिथि, देब कुमार नेपाली, ,मोहन लाल शर्मा, तुलसिराम अर्याल,मेहरसिङ पाइजा, बेग बकादुर पुन,टङ्क पौडेल, दधिराम शर्मा,भद्रमणी सुनार,केशर छन्त्याल भिम गौतम,ज्ञान् प्रसाद कडेल प्रेम ब घर्ति रुद्र पौडेल कुबिर बि क लाल्बिर लोप्चन कुशल बुढा सुॠ श्रीपालि, उदिम छन्त्याल देब ब पुन बेग ब खत्री झन ब बुढा तिर्थमणी भुषाल जित ब थापा राजन पाइजा ढालेन्द्र शेरचन, बिरेन्द्र बुढा लगायतले आसन ग्रहण गराउने कार्यक्रम भएको थियो ।

लक्ष्मण पुनको अध्यक्षतामा सुरु भएको विशाल एकता सभामा स्थानीय कला संस्कृतियुक्त झाँकी प्रस्तुत गरिएको छ । कार्यक्रमको सन्चालन चन्द्र अर्यालले गरेका छन् ।

आज विहान मुख्यमन्त्री गुरुङ हेलिकप्टरबाट बुर्तिवाङ बजार स्थित नगरप्रमुख देवकुमार नेपालीको घरको छतमा अवतरण गरी प्रदेश सांसद ईन्द्रलाल सापकोटा र ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीलाई लिएर ढोरपाटन पुगेर बुर्तिवाङ फर्किएका थिए ।

बुर्तिवाङमा फर्किए लगत्तै तमानखोला, निसीखोला तथा बडीगाड गाउपालिकाहरुका अध्यक्ष क्रमश जोकलाल बुढा, तारानाथ पौडेल र मेहरसिँह पाईजाले आआफ्ना मागहरु प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *