Menu

लाम्मेला तमानमा शोले युवा क्लवव्दारा आयोजित जेष्ठ मेला जारी

बुर्तिवाङ २०७५ जेठ ८ । बिगत बर्षमा जस्तै यस बर्ष पनि “शोलेको सान लाम्मेलाको पहिचान” भन्ने नाराका साथ सञ्चालित “जेष्ठ मेला” जेष्ठ १ गतेको कार्यक्रम आईतबार ७ औँ दिन पनि जारी रहेको छ। तमानखोला गाउपालिका वडा न.४ को लाम्मेलामा विगत वर्षहरु देखिनै यो मेलाको आयोजना गरिदै आएको छ ।

शोले युवा क्लवको आयोजनामा सञ्चालित यस बर्षको मेलामा स्थानिय कलासस्कृति भेषभुषा र कृषिलाई प्रचारप्रसार गर्ने उद्देश्यका साथ यो मेला आयोजना गरिएको मेला संयोजक खिम छन्त्यालले बताए ।

उतm कार्यक्रममा पुरुष महिला भलिबल, तारा खेल, सास्कृतिक कार्यक्रम, स्थानिय कलाको प्रदर्शन रस्साकस्सा, दोहोरी गीत प्रतियोगीत लगाएतको कायक्रम आयोजना गरिएको छ। जेष्ठ १ गतेबाट सुरु भएको कार्यक्रको उद्घाटन तमानखोला गाउपालिकाका अध्यक्ष जोगलाल बुढाले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष मानसरी शेरचन वडा न. ४ का वडा अध्यक्ष उदिम छन्त्यालको उपस्थित रहेको थियो।

अहिले सम्म सञ्चालित कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता तर्फ २७ टिमको सहभागितमा ए पोल तर्फ न्यु छापखानी स्पोर्स क्लब म्याग्दी र हिमालयन युवा क्लव हिले बी पोल तर्फ लालिगुरासँ युवा क्लब रुम म्याग्दी र दीप ज्योति युवा क्लब खुंखानी सेमी फाईनलमा प्रबेश गरेका छन्।

कार्यक्रमा प्रत्येक साझ सास्कृतिक कार्यक्रम र चर्चित आधुनिक गायक कृष्ण क्षेत्री लोक गायिका सम्झना थापामगरको पनि प्रसतुति रहेको छ ।
कार्यक्रम आजपनि जारि रहने बताइएको छ । कार्यक्रमको सञ्चालन तेजिन्द्र श्रीपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *