Menu

बडीगाड ठुलाबेसी देखी बुर्तिवाङ १० किमि सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

गुन्जन प्रताप सिँह,बागलुङ (भिङखाल) २०७५ जेठ ७ । मध्यपहाडी लोकमार्गको बडीगाड गाउपालिका ६ ठुलाबेसी देखी बुर्तिवाङ सम्म १० किलोमिटर सडक कालो पत्रेगर्ने कार्य अन्तिम चरणमा रहेको छ । सो सडक खण्डको कालोपत्रेको काम दिवा निर्माण सेवा ललितपुरले गरिरहेको छ । निर्माण कार्यको लागत रु २६ करोड रहेको छ ।

कालोपत्रे गर्ने कार्य २०७२ साल देखी सुरु गरिएको भएपनि विभिन्न समस्या र बाधाहरुले निर्माण कार्य सम्पन्न हुन ढिलाई भएको निर्माण कम्पनिका साईड इन्चार्ज सुरेश बजगाँईले जानकारी दिए । निर्माण कार्य यहि २०७५ साल असार मसान्त सम्म सम्पन्न गरिसक्नु पर्ने छ । सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएपछी सवारी साधनहरु आवत जावत गर्न सजिलो हुने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *