सहकारीकर्मी महिलाहरुका लागि प्याड बनाउने तालिम सम्पन्न !

बिक्रम सुनार, बागलुङ, २०७३ फागुन ९ । स्थानीय स्रोत र साधनको उपयोगमा वृद्धि गरी महिलाहरुको आयआर्जन बढाउने उदेश्यका बागलुङमा एक दिने प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको शिक्षा उप–समितिको आयोजना तथा आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने प्याड घरमै बनाएर प्रयोग गर्न र खर्च कटौती गर्नका लागि प्याड बनाउने तालिम दिइएको संस्थाका अध्यक्ष लिलादेवी खड्काले जानकारी दिईन् ।

घरमै खेर गैरहेका कपडाबाट प्याड बनाउन सकिने र उक्त प्याड स्वास्थ्यका हिसावले लाभदायी तथा कम खर्चिलो हुने भएकाले यो तालिम महिलाहरुका लागि प्रभावकारी हुने उहाँको भनाइ छ । तालिमबाट सिकेको ज्ञान प्रयोगमा ल्याएर आयआर्जनमा वृद्धि गरी वचत गर्नका लागि सहज हुने भएकाले यो तालिम महिलाहरुका लागि उपयोगी हुने सदस्यहरुले बताएका छन् ।

२० जना महिलाहरुको सहभागिता रहेको तालिममा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले सहजीकरण गरेकी थिईन् ।

प्रशिक्षिका जिसीले तालिमले परनिर्भरतालाई हटाएर आत्मनिर्भर बन्नका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग मार्फत खर्च कटौती गरी वचतमा वृद्धि गर्नका लागि मद्दत पुग्ने बताईन ।

तालिम महिला हित बचत तथा ऋण सहकारी संस्था शिक्षा उप समितिको संयोजक मञ्जु क्षेत्रीको अध्यक्षता र सदस्य राधा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *