नेकपा एमाले रिघाको विस्तारित वैठक सम्पन्न !

बागलुङ (खर्वाङ) २०७३ फागुन ९ । नेकपा एमाले रिघा बागलुङको विस्तारित वैठक सम्पन्न मनेवामा सम्पन्न भएको छ ।

वैठकमा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसालले सम्पूर्ण कार्यकताहरुलाई निर्वाचन केन्द्रित भएर लाग्न निर्देशन दिएका थिए । भुसालले अहिलेको निर्वाचन देश विखण्डन गर्ने र राष्ट्रवादीहरु विच हुने भन्दै उच्च मनोवलका साथ निर्वाचन अभियानमा लाग्न आग्रह गरे ।

वैठकले एमाले रिघाको पाचौं गाउँ अधिवेशन यहि फागुन १६ गते गाविस भवन ठूलो रिघामा सम्पन्न गर्ने, फागुन २२ गते वुर्तिवाङमा सम्पन्न हुने एमालेको क्षेत्रिय अधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने, प्रत्येक वडामा वडा कमिटि गठन गर्ने, (जनवर्गिय संगठनका गाउँ कमिटिका वैठक आयोजना गर्ने लगाएतका निर्णय गरेको छ।

विस्तारीत वैठकमा एमाले जिल्ला कमिटि सदस्य डम्वर श्रीस, क्षेत्रिय कमिटि सदस्य झलक थापा, गाउँ कमिटिका पूर्व अध्यक्ष डोलेन्द्र राना, सल्लाहकार सदस्य शस वहादुर घर्ति लगाएतले मन्तव्य व्यक्त गरेका थिए । वैठक गाउँ कमिटि उपाध्यक्ष भक्त वहादुर सिँजालीको अध्यक्षता एवं सचिव श्याम श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *