१९ बर्षिया सुनिता परियारले किन गरिन आत्महत्या ?

बागलुङ २०७३ फागुन ९ । बागलुङ नगरपालिका- ११ उपल्लाचौरमा एक युवती झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । म्याग्दी जिल्लाको पुलाचौर- ९ घर भै हाल बानपा ११ उपल्लाचौरमा डेरा गरी बस्ने वर्ष १९ की मृतक युवती सुनिता परियार भएको प्रहरीले जनाएको छ ।

सोमवार विहान सुनिता परियार आफनेै डेरा कोठामा पंखाको हुकमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको सूचनाका आधारमा प्रहरी अधिकृत सहितको टोली घटनास्थल पुगेर लास जाँच गरी स्थानीय धौलागिरी अन्चल अस्पतालमा पोष्टमार्टम गराई सुनिताको शव मृतकका पति मदन नेपालीलाई बुझाएको प्रनाउ अनिल खड्काले बताए ।

सुनिताको मृत्युका विषयमा अनुसन्धान जारी रहेको पनि प्रनाउ खड्काले बताए ।

सुनिताको मृत्यु हत्या वा आत्महत्या के हो ? आत्महत्या हो भने आत्महत्या गर्नु पर्ने कारण के थियो ? घटनाको सूक्ष्म अध्ययन/अनुसन्धान पछी नै वास्तविक कुरा थाहा हुने स्थानीयले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *