Menu

ढोरपाटन नगरपालिका स्थानीय जनतासंग सहकार्य र सहमति गर्नबाट चुकेको आरोप !

ढोरपाटन नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा गुनासाहरुको चाङ !

बुर्तिवाङ २०७५ जेठ २ । ढोरपाटन नगरपालिकाको आयोजनामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चौमासिक रुपमा आयोजना गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित जनताले नगरपालिकाको कार्यसम्पादन प्रति खुलेरै आफ्ना गुनासाहरु राखेका थिए ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद सापकोटाले नगरपालिकाको आर्थिक वर्ष २०७४/०७६ का लागि विनियोजन गरिएको वजेट कार्यन्वयको अवस्था र प्रगतिको विषयमा जानाकारी दिदै नगरपालिकाको वित्तिय समानीकरण अनुदान तर्फ चालुमा ९२ लाख ९ हजार १ सय २६ तथा पूजीगत तर्फ ७ करोड १७ लाख ९३ हजार ७ सय २९ रुपैयाँ खर्च भएको जानाकारी दिनुभएको छ । त्यस्तै सशर्त अनुदान तर्फ ६ करोड १५ लाख ४१ हजार ४ सय २ रुपैयाँ खर्च भएको बताए ।

नगरपालिकाले हालसम्म करिव ८५ प्रतिशत काम सम्पन्न भएको जनाइरहँदा, कार्यक्रममा उपस्थित जनताले नगरपालिकाले गरेका कार्यसम्पादन माथि विभिन्न प्रश्नहरु उठान गरेका थिए ।
धि विधान कुल्चेर नगरपालिका गलत काममा फस्दै गरेको, उत्तरगंगामा यस अघि नै विवादित बनेका शिक्षकलाई प्रअ नियुक्ति गर्दा कानुन मिचिएको नगरपालिकामा खानेपानी स्वस्थ्य, शिक्षा, कृषि लगायत दीर्घकालीन योजना बनाउन नसकेको, एक÷एक वर्षसम्म पनि नगरपालिकामा न्यायीक समिति गठन नगरिएको, चौमासिक रुपमा गरिनु पर्ने सार्वजनिक सुनुवाई कार्यक्रम समयमा गर्न नसकेको, आयोजना गरिएको सार्वजनिक कार्यक्रममा सार्वजननिक सुनुवाई कार्यविधि २०६९ अनुसार नभएका गुनासाका चाङ राखेका छन् । यसैबीच कार्यक्रममा बोल्ने राजनैतिक दलका प्रतिनिधिहरुले, स्थानीय जनतासँग सहकार्य सहमतिबाट चुकेको टिप्पणीहरु गरेका छन् ।

नगरप्रमुख देवकुमार नेपालीको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख कर्मती पुन, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी सहायक निरक्षिक नारायण शर्मा स्थानीय सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरु राजनैतिक दलका प्रतिनिधि लगायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गुनासो राख्ने अधिकाँश जनताले नगरपालिकाले मनपरी कर्मचारी राख्ने गरेको, जनअपेक्षा अनुसार वि
सार्वजनिक कार्यक्रममा नागरिका तर्फबाट उठाइएका प्रश्नहरुको नगर प्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन, वडा अध्यक्षहरुले जवाफ दिएका थिए । औपचारिक कार्यक्रमको सञ्चालक चण्डी प्रसाद पौडेलले गरेका थिए ।

तस्वीर सौजन्य : ढोरपाटन नगरपालिका, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *