Menu

कुस्मीसेरामा जेठ ५ गते फिल्म फाल्गुन २४ को च्यारिटी शो गरिने

कमल राना कुस्मीसेरा २०७५ जेठ २ । जैमिनी नगरपालिका वडा न. १ कुस्मीसेरामा गरिने फिल्म ‘फाल्गुन २४’को च्यारिटी सो तयारीलाई तिब्र पारिएको छ । फिल्म यही जेठ ५ गते शान्ति माध्यामिक विद्यालयमा च्यारिटी सो गरिदैछ ।

परिसूचन साप्ताहिक पत्रिकाको आयोजनामा पूराना कम्युनिष्ट नेता मोहन विक्रम सिंहद्वारा लिखित तथा कलाकार हेमराज आश्रमद्वारा निर्देशित फिल्म ‘फाल्गुन २४’ मा अधिकाँस बागलुङका कलाकारहरुको भुमिका रहेको छ ।

२०१० सालमा प्यूठानमा भएको किसान आन्दोलनको विषयलाई लिएर बनाइएकोे फिल्ममा बागलुङकै कलाकारहरुको शसक्त अभिनय परिसूचन साप्ताहिक पत्रिकाका सम्पादक ताराप्रसाद शर्मालेले जानकारी दिए ।

फिल्ममा बागलुङको काठेखोला गाउँपालिका वडा न. ४ का टिका संगम बिक ‘हर्के’को भुमिकामा देखिएका छन् भने बागलुङकै कलाकार तथा प्रदेश सांसद पीयारी थापा नायिकाको भुमिकामा रहेकी छिन् ।

कलाकारहरु दानबहादुर थापा, थुमराज ढुङ्गाना, गिता थापा, विष्णु शर्मा, कमल रानाको शसक्त भुमिका रहेको छ भने नारायण योगी, लक्ष्मी पौडेल, नविन बस्यालले पनि अभिनय गरेका छन् । अहिले च्यारिटी सोको लागि तयारी भईरहेको छ । फिल्मले नेपालमा भएको कम्युनिष्ट आन्दोलनको इतिहासलाई बुझ्न सघाऊ पुग्ने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *