Menu

कुस्मीसेरामा पूर्ण सरसफाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

कमल राना, कुस्मीसेरा, २०७५ जेठ १ । बागलुङको जैमिनी नगरपालिका कुस्मीसेररामा नगरपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको लागि पूर्ण सरसफाई अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

नगरपालिकालाई पूर्ण खानेपानी तथा सरसफाई युक्त बनाउने उद्देश्य राखि जैमिनी नगरपालिका कुस्मीसेरा र ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण बागलुङको सँयुक्त आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रमलाई सहजिकरण गर्दै पश्चिम नेपाल खानेपानी सरसफाई कार्यलय पोखराका विशेषज्ञ चन्द्र बिष्टले नेपाल सरकारको चाहना एक घर एक धारा तथा एक घर एक प्रयोगकर्ता मैत्री शैचालयको उद्देश्य राखी नगरपालिकालाई पूर्ण रूपमा खानेपानी तथा सरसफाई युक्त नगर बनाउन जोड दिएका थिए ।

बिष्टले स्थानिय सरकार सञ्चालन एेन २०७४ मा बनेको खानेपानी सरसफाई स्वच्छता सम्बन्धि मुख्य अंश र गाँउपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारको बारेमा सहजिकरण गरेका थिए ।

त्यस्तै जिल्ला वास सल्लाहकार रित प्रसाद चैलागाँईले पनि राष्ट्र भरि खानेपानी तथा सरसफाईको अबस्था र खुल्ला दिशा मुक्त अबस्थामा देखिएका समस्या र चुनैतीको बिषयमा प्रष्ट पारेका थिए।

वास इन्जिनियर विवेक सापकोटाले खानेपानी तथा सरसफाई कार्यक्रमको उदस्ये र जैमिनी नगरपालिका वास सँयोजक साबित्रा शर्माले नगरपालिका खानेपानी तथा सरसफाईको वर्तमान अवस्थाको बारे जानकारी गराएका थिए ।

कार्यक्रमले जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पैड्यलको अध्यक्षतामा खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गर्ने सरकारी, गैर सरकारी कर्यालय र अन्य सम्बन्धित निकायलाई समाहित गरि नगरपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्व्य समिती गठन गरेको छ ।

मेयर इन्द्रराज पैड्यलको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा वास फोकल एवम नासु दुर्गा प्रसाद शर्माको स्वागत मन्तव्य र शाखा अधिकृत प्रेम प्रसाद सापकोटाको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *