Menu

रेसुङ्गा विमान स्थल नागरिक उड्डयन प्राधिकरण टोलीव्दारा अवलोकन !

प्रेम सुनार, गुल्मी,२०७५ बैशाख ३१। निर्माणधीन अवस्थामा रहेको गुल्मी स्थित रेसुङ्गा विमान स्थलमा परिक्षण उडान गर्ने अन्तिम चरणको तयारी वारे अवलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको उच्च टोली आज सोमबार आएर अवलोकन गरेको छ ।

प्राधिकरणका महानिर्देशक संजिव गौतम , निर्देशक धु्रवदास भोसीमाया, गौतम बुद्ध विमान स्थल भैरहवाका निर्देशक तेजराज पोखरेल, विमान स्थल आयोजना प्रमुख ओम शर्मा लगायतको टोली अवलोकन गर्न आएको हो ।

जेठको पहिलो साता परिक्षण उठान गर्ने चर्चा चलिरहेको बेला आएको टोलीले ग्यावीङ्ग वाल लगातका संरचनाहरु पुरा गर्न सुझाव दिएको छ । अवलोकन टोलीको सुझाव पछि निर्माण समितिको बैठक वसेर २० गते भित्रमा परिक्षण उडानको तयारी गर्ने जमर्को गरिएको समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

उनका अनुसार थप अन्तिम तयारीको अवलोकन गर्न विमान परिक्षण उडान कम्पनीका पाईलट लगायको टोली आउने छ । १८ सिट भएको विमान दैनिक ३६ जना आवत जावत गर्ने यात्रु पुगे नियमित उठान हुने अध्यक्ष पन्तले बताए । २०५ किलो मिटर हवाई उडान करिव ४० । मिनेट भित्रमा काठमाण्डौ पुगिने र १ सय ९० मिटर हवाई उडान गरेर १५ मिनेट सम्ममा भेरहवामा पुगिने अनुमान अध्यक्ष पन्तले गरेका छन ।

यथाशिघ्र काम अगाडी बढाउन गुल्मीका दुवै संघिय सांसद तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले ताकेता गरेको र आवश्यक रकम विनियोजनमा पहल गरेको अध्यक्ष पन्तको भनाई छ । उनका अनुसार विमान स्थल निर्माणमा स्थानियलाई मुआव्ज सहित करिव १२ करोड खर्च भई सकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *