Menu

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न सरोकारवाला एकजुट हुनु जरुरी – गैरे

थम्मन थापा, गल्कोट २०७५ बैशाख ३१ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गनपा ९ बाँसखोला स्थित भैरव माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलन्योश गरेका छन् ।

शिलन्याश पछि बोल्दै नगर प्रमुख गैरेले गल्कोट नगरपालिकाले जीवनपयोगी शिक्षा सॅगै गुणस्तरिय शिक्षामा जोड दिदैं सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न सरोकारवालाहरु एकजुट हुनु पर्ने बताए । नगरपालिकाले भौतिक पुर्वाधार सॅगै गुणस्तरिय र समय सापेक्ष शिक्षामा जोड दिने गैरेको भनाई छ । भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालयले नगद रु ३२ लाख बजेट विनियोजन गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । आगामी वर्ष विद्यालयको हिरक जयन्ती भएकोले विद्यालयले भौतिक निर्माणलाई तिव्रताका साथ अगाडी बढाएको विद्यालयका आर्थिक संयोजक सुवेदार तिलक केसीले जानकारी दिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता, प्रधानध्यापक चक्रवर्ती शर्माको स्वागत र शिक्षक नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *