Menu

कुस्मा नगरपालीका-६ मा ७ दिने उद्घोषण तथा भाषण कला तालीम सञ्चालन

निर्मल पौडेल पर्वत २०७५ वैशाख ३१ । महिला उधमि संघ नेपाल पर्वतको आयोजना तथा कुश्मा नगरपालिका ६ को आर्थिक सहयोगमा ७ दिने उदघोषण तथा भाषण कला तालिम संचालन भईरहेको छ । जेठ ३ गते सम्पन्न हुने सो तालिममा २१ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेका छन् ।

तालिम वाट अन्तरनिहित भावना,विचार,नेतृत्व विकास तथा वोल्ने कलाको विकास हुने कुस्मा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष रुद्र गिरीले वताए । तालिमले महिलाहरुको क्षमता अभिवृद्धि गरेको भन्दै तालिम प्रभाकारी भएकोमा विश्वस्त रहेको महिला उद्यमी संघ नेपाल पर्वतकी अध्यक्ष सरीता भण्डारीले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *