Menu

व्यवसायिक ब्यूटी पार्लर तालिममा युवाहरुको उत्साहजनक सहभागिता

बागलुङ २०७५ बैशाख ३१ । पछिल्लो समय युवायुवती सिप सिकेर स्वरोजगार बन्ने ध्याउन्नमा लागेको देख्न पाईन्छ । संधै भरी घरमा आमा–बाबुसंग मागेर पकेट खर्च चलाउने युवा सिप सिकेर स्वरोजगार बन्न थाल्नु सुखद पक्ष हो । यसले पारिवारिक आर्थिक बोझ समेत कम गराउने विश्वास गरिएको छ ।
स्वरोजगार बन्नको लागि सिप अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो हातमा सिप भएन भने रोजगार तथा स्वरोजगार बन्न कठिन हुन्छ । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य सहित संगम तालिम तथा परामर्श केन्द्र बागलुङको आयोजनामा भएको व्यवसायिक ब्यूटी पार्लर तालिममा युवाहरुको उत्साहजनक सहभागिता पाउन सक्छौँ ।

घरेलु तथा साना उद्योग विकास समिति र लघु उद्यम विकास कार्यक्रमको सहयोगमा बागलुङ नगर पालिका ३ गुठिमा रहेको लक्ष्मी ब्युटी पार्लरमा सञ्चालित तालिममा ५ जना युुवाको उत्साहजनक सहभागिता रहेको ब्युटी पार्लरकी सञ्चालक लक्ष्मी रानाले जानकारी दिईन् ।

स्वरोजगार बने पछि युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्नको मद्दत पुग्ने विश्वास गरिएको छ । तालिममा प्रशिक्षण पार्लरकी सञ्चालक लक्ष्मी रानाले दिईरहेकी छन् । तालिम २ महिना सम्म चल्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *