Menu

पाण्डवखानीमा सरसफाइ सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सम्पन्न

सुरेश छन्त्याल, पाण्डबखानी २०७५ वैशाख ३१ ।आइतबार हामी सबैको एउटै रहर पुर्ण सरसफाइ युक्त गाउँ शहर भन्ने मुल नाराका साथ सुरु भएको सरसफाई अभिमुखीकरण तालीम पाण्डबखानीमा सम्पन्न भएको छ।

वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि दुई दिने अभिमुखि तालिममा पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान र गल्कोट नगरपालिका कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

बार्यक्रम वडा नम्बर १० का अध्यक्ष तिलक घर्तीको सभापतित्वमा गौमाया विकको स्वागत संगै परिचालिका प्रावति श्रीसको संञ्चालन रहेको थियो ।

कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ वासका नगर संयोजक दुर्गा छन्त्याल र कमला चालिसेले सहजिकरण गरेका थिए ।

कार्यक्रममा हात धुने तरिका,चर्पी कसरी प्रयोग गर्ने,सुरक्षित खाना पानी र हात धुने महत्त्वबारे,पानीको महत्त्व,सरसफाइको महत्त्वबारे जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *