Menu

गुल्मी मालिका गाउपालिकाको छाप हिलेमा बर्थिंग सेन्टरको उद्घाटन

दिनेश शर्मा, गुल्मी २०७५ बैशाख ३१ । गुल्मी जिल्लाको मालिका गाउपालिका वडा न ५ छाप हिले स्वास्थ चौकीमा सोमबार बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ

मालिका गाउपालिकाको प्रत्यक वडाहरुमा बर्थिङ सेन्टर खोल्ने कार्यक्रम अन्तर्गत मालिका गाउपालिकाको समन्वय र छाप हिले स्वास्थ चौकी को आयोजनामा भएको कार्यक्रममा प्रमुक अथिति मालिका गाउपालिकाका अध्यक्ष रित बहादुर थापाले बिगतका दुखलाइ बिर्सदै छाप हिलेका महिलाहरुले आगामी दिनहरुमा सुत्केरी हुदा घरमा नभई बर्थिङ सेन्टरमा गइ सेवाको उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा मालिका गाउपालिकाका स्वास्थ एकाइ संयोजक बशन्तराज भुसाल मालिका गाउपालिका का कार्यकारी प्रमुख लेखनाथ पोखरेल युवा तथा समाजसेवी ब्याक्तित्व ओम बहादुर कार्की वडा ७ का स्वास्थ चौकी प्रमुख देबेन्द्र गिरि समाज सेवी उपेन्द्र खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *