Menu

बागलुङ नगरपालिका वडा नं. ६ को भेला सम्पन्न, नमुना विद्यालय संचालनको प्रस्ताव !

बागलुङ २०७५ बैशाख २९ । बागलुङ नगरपालिका वडा नं. ६को वडा भेला शनिवार लहरेपिपलमा सम्पन्न भएको छ । भेलामा भौतिक निर्माण, खानेपानी, कृषीको जोन क्षेत्र निमार्ण, आयआर्जन मुलक कार्यक्रम सहित वन,वातावरण,शिक्षा,सञ्चार,पर्यटन,सामाजिक एवं सांस्कृतिक योजना र कार्यक्रमलाई प्राथमिकता दिएको छ । वडा भेलामा बानपा ६का सम्पुर्ण क्रियाशिल राजनैतिक पार्टीका संयोजक तथा प्रतिनिधि, टोल सुधार समितिका अध्यक्ष,विभिन्न सघं सस्था तथा आम जनसमुदायको सहभागिता रहेको थियो ।

भेलामा बानपा ६ का वडा अध्यक्ष खेमराज सापकोटाले यस वडामा आवासीय सुविधा सहितको नमुना विद्यालय संचालन गर्ने, नगर चक्रपथमा जोडिएका शाखा बाटाहरु ढलान तथा पिच गर्ने, एक घर एक धारको अभियान लाई निरन्तरता दिने, एक गाउ एक उत्पादन हुने गरि कृषी जोन निमार्ण गर्ने लगाएतका योजनाहरु प्रस्ताव गरेका थिए । भेलाले उक्त योजनाहरु समय सान्र्दभिक भएको भन्दै प्रस्तावित योजनाहरु पारित गरेको छ ।

भेलामा बानपा ४ का अध्यक्ष तथा बागलुङ नगरपालिकाका भौतिक निमार्ण समितिका संयोजक धुव्र बहादुर केसीले यस वडाले जनप्रतिनिधि पाउदाको १ वर्ष भित्रमानै धेरै उल्लेखनीय विकास गर्न सकेकोमा वडा अध्यक्ष तथा सम्पुर्ण वडा समितलाई बधाई दिएका थिए ।

जनप्रतिनिधीले विकास कुनै पनी बिकास निमार्णको काममा एउटा पुलको रुपमा काम गर्न भएकाले योजनालाई मुर्त रुप दिन जनताले पहल कदमी दिनु पर्ने केसीको भनाई छ ।

भेलामा डिलबहादुर थापा, चित्रबहादुर सुवेदी, कृष्णप्रसाद आचार्य, मानबहादुर थापा, बालकृष्ण सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।
वडा अध्यक्ष सापकोटाको अध्यक्षता रहेको भेलाको संचालन वडा सचिव रुद्रबहादुर केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *