Menu

निसिखोला गाउँपालिकाको कुल जनसंख्याको ६० प्रतिशत (८ सय ७४ घरधुरी) गरीबीको रेखामुनी !

छविलाल पाण्डे, बागलुङ २०७५ बैशाख २९ । बागलुङ जिल्लाको सुदूर पश्चिम स्थित निसीखोला गाउँपालिकामा अति, मध्यम र सामान्य गरीब परिबारको संख्या ८ सय ७४ रहेको एक विवरणले देखाएको छ । यो निसीखोला गाउपालिकाको कुल जनसंख्याको ६० प्रतिशत हो ।

गरीबीको रेखामुनी रहेका यी परिवारहरुमा अति गरीब परिबारको संख्या ५ सय ३२ मध्यम गरीब परिवारको संख्या २ सय २० र सामान्य गरीब परिवारको संख्या १ सय २५ रहेको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल पनेरुले बताए ।

निसीखोला गाउँपालिकामा रहेका ७ वटै वडाहरुमा गरी कुल ८७४ घरधुरीलाई गरीब घरधुरी परिचयपत्र उपलब्ध गराईएको प्रमुख प्रसासकिय अधिकृत पनेरुले बताए । गाउपालिका भित्र रहेका गरीब घरधुरी परिचयपत्र वितरण कार्यक्रम अन्तरगत पहिलो चरणको अभियान सम्पन्न भएको पनि पनेरुले जानकारी दिए ।

२०६९ सालमा नेपाल सरकारको तथ्याङ्क अनुसार बार्षिक आयका आधारमा छनौटमा परेका गांउपालिकाका नागरिकलाई परिचयपत्र उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उनंका अनुसार वितरण गरिएको परिचयपत्रमा अति गरीब रातो, मध्यम गरीब पँहेलो र सामान्य गरीब परिवारका लागि निलो कार्ड उपलब्ध गराइएको छ।

तत्कालका लागि रातो परिचयपत्र लिएकाले निशुल्क रुपमा स्वास्थ्य विमा बापतको सेवा लिन सक्ने भएका छन् भने अन्य कार्ड पाएकाले हाललाई कुनै सुविधा पाउने गाउपालिकाले जनाएको छ ।

पहिलो चरणमा उतm सँख्यामा परिचयपत्र बितरण गरीएपनी छुटेका परिवारका लागि जेष्ठ महिनामा पुनह बितरण अभियान सुरु हुने बताईएको छ ।
हालसम्म बितरण गरिएको परिचयपत्र कार्यक्रम अन्र्तगत वडा नं १ मा १४४, वडा नं २ मा १८०, वडा नँ ३ मा ८०, वडा नँ ४ मा १२०, वडा नँ ५ मा १५२, वडा नँ ६ मा ९० र वडा नँ ७ मा १०८ घरपरिवारलाई परिचयपत्र उपलब्ध गराईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *