Menu

निसीखोलाको झिम्पामा सार्वजनिक धारो, शौचालय र खेल मैदान बन्दै

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ बैशाख २९ । निसीखोला गाउँपालिका–४ झिम्पामा सार्वजनिक शौचालय र ठूला–ठूला कपडा धुने तथा नुहाउने धारोको निर्माण कार्यले तिब्रता पाएको छ ।

प्रवासी झिम्पाली युवा तथा स्थानीयहरुको पहलमा उक्त निर्माण कार्य सुरु भएको उक्त आयोजनाका अध्यक्ष रामबहादु क्षेत्रीले जानकारी दिए ।

बागलुङको विकट क्षेत्र मानिने यस ठाउँलाई सबै युवाहरु एक जुट भएर विकास कार्यमा लागे गाउँको विकास गर्न सकिने स्थानीय युवा गोपि कृष्ण क्षेत्रीले बताए । उनले अब युवाहरुले विकास निर्माणमा कुनै चासो नलागि चुप लागेर बसेमा पुरानै जमानाको जस्तै जिवन बिताउनु पर्ने बताए ।

गाउँमा सार्वजनिक शौचालय र धारो निर्माण गर्नका लागि गाउँपालिकालाई बारम्बार सहयोगको याचना गरे पनि गाउँपालिकाले खास्सै चासो नराख्दा आफुहरुले सोचे जस्तो स्टिमेट अनुरुपको निर्माण गर्न गाह्रो भएको निर्माण समितिका अध्यक्ष क्षेत्रीले बताए ।

धारो निर्माण गर्न विदेशमा भएका युवाहरुले २० हजार, गाउँपालिकाले २० हजार र स्थानीयहरुको ५० हजार बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न हुन सक्ने क्षेत्रीले जानकारी दिए ।

त्यस्तै शौचालयका लागि गाउँपालिका, स्थानीय तथा प्रवासी युवाहरुको सहयोगमा सम्पन्ने हुने अपेक्षा राखिएको बताईएको छ । शौचालय तथा धारो निर्माण सम्पन्न भए पछि निसीखोला गाउँपालिका–४ झिम्पाका करिब १ सय १० घरधुरी र निसीखोला गाउँपालिका–५ कारीगाउँका ५० घरदुरी गरी १ सय ६० घरदुरीका मानिसहरु लाभाम्वित हुने छन् ।

त्यस्तै उक्त स्थानमा खेल मैदानको समेत निर्माण भै रहेको छ । गाउँमा उचित खेल मैदान नहुँदा कुनै पनि खेल खेल्नका लागि विद्यालय नै धाउनु र सानो तिनो कार्यक्रम गर्दा पनि विद्यालय मै जानु पर्ने हुँदा विद्यालयमा पठनपाठन समेत रोक्नु पर्ने स्थिती आएकाले गाउँको मध्य भागमा नै खेल मैदान निर्माण गर्न लागिएको बताईको छ ।

खेल मैदानको करिब आधा भाग सम्याइए पनि आधा भाग जति सम्याउनै बाँकी रहेको छ । गाउँ मै खेल मैदान भए विद्यालयलाई त्यस्तो कुनै अवरोध नपुग्ने, फुर्सद भएको समयमा स्थानीयहरु समेत खेल खेल्न सकिने र कुनै कार्यक्रमको लागि विद्यालयकमा जानु नपर्ने स्थानीय शिक्षक रिमप्रसाद पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *