Menu

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बडीगाडका पाईजा सहित ७ जनालाई स्वर्ण पदक !

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख २९ । दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बुदोकान कराते प्रतियोगितामा नेपाललाई ७ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त भएको छ ।

प्रतियोगितामा प्रथम हुन सफल हुनेहरुमा बडीगाड गाउपालिकाका राजन कुमार पाईजा ६० केजी कुमेते, परशुराम बास्तोला कातामा, सरिता श्रेष्ठ काता- कुमुते, चन्द्र खड्का जुनियर कातामा र मोनिका थापा जुनियर काता-कुमुते रहेका छन् ।

यसैगरी व्दितिय भएर रजत पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रेम राना र सुसान्त हुमागाई काता-कुमुते तथा तृतिय हुनेहरुमा ज्ञानु पुन, चन्द्र खड्का र भूपेन्द्र पुन रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *