देशभरका सहकारी संस्थाहरुको रोजाईमा सिवाईसी साकोस !

सुमन जि.सी बागलुङ २०७३ फागुन ८ । पछिल्लो समयमा सहकारी अध्ययन अवलोकन गर्नका लागि देशभरीका सहकारी संस्थाहरुको रोजाईमा जिल्लामा रहेको सिवाईसी साकोस पर्ने गरेको छ । सिवाईसीले आफुलाई छोटो समयमा नै देशभरका उत्कृष्ठ सहकारी संस्थाहरुको सुचीमा दर्ज गर्न सफल भएकाले संस्था सहकारी अध्ययन अवलोकनको केन्द्र एवं सिकाई थलोको रुपमा विकास भईरहेको छ ।

छोटो समयमा यस संस्थाले हाँसील गरेका उपलव्धीहरुको वारेमा जानकारी लिनका लागि आ.व. ०७२।०७३ मा मात्रै देशभरवाट विभिन्न २२ वटा सहकारी संस्थाका १००२ जनाले संस्थाको स्थलगत अवलोकन गरी सिक्ने, सिकाउने र अनुभव आदान प्रदान गर्ने कार्य गरेको थियो।

यहि क्रममा आईतवार काठ्माडौ स्थीत फरपीङ बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समिति, उप–समिति र कर्मचारीहरुको टोलीले संस्थाको स्थलगत अवलोकन तथा दुई संस्थाविच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरकृया कार्यक्रममा बोल्दै फरपीङ साकोसका अध्यक्ष राजु महर्जनले फरपीङ साकोसका गतिवीधीहरुको वारेमा बताउदै आफ्नो संस्थालाई अझै उचाईमा पु¥याउनका लागि आफुहरु देशभरका उत्कृष्ठ सहकारी संस्थाहरुको भ्रमणमा निक्लेको बताए ।

अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसका गतिविधि र समग्र वागलुङ जिल्लाको सहकारी अभियानका बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देशमा रहेका सहकारीहरु विच सहकार्य र एक आपासमा अनुभव आदान प्रदान र स्थलगत अवलोकनले संस्था सञ्चालनमा महत्वपूर्ण सिकाई हुने बताए । नेफ्स्कूनका सञ्चालक समेत रहेको पौडेलले बागलुङ कालीका, पवित्र कालीगण्डकी, सर्वसिद्धीधाम पञ्चकोट जस्ता धार्मिक महत्वका सम्पदा रेहेको यस जिल्लालाई सहकारीको पवित्र तिर्थस्थल बनाउने सोच रहेको समेत बताएका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष गितादेवि रेग्मीको स्वागत, प्रवन्धक नवराज शर्माको सञ्चालन र सल्लाहाकार एवं सहकारीकर्मी देववहादुर श्रेष्ठको मन्तव्य सहित अन्तरकृया कार्यक्रमको समापन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *