Menu

खेम थापाको ‘संसार छुट्टै थियो’ र हेरौ कस्तो थियो उक्त संसार (भिडियो सहित)

कमल न्यौपाने, युएई २०७५ बैशकख २७। नेपाली सांगीतिक क्षेत्रमा आधुनिक तथा गजल गीत गायनबाट आफ्नो भबिष्य खोजिरहेका गायक हुन खेम थापा । करिब १ दशक अघिबाट आफ्नो गाउँठाउँका कार्यक्रममा प्रस्तुती दिदै यो क्षेत्रमा लागेका खेम देवदहको गाउँ हुँदै संघर्षको क्रममा हाल राजधानिमा छन । सम्पुर्ण रुपमा आफुलाई सांगीतिक क्षेत्रमा होमेका थापा राजधानीको बसाईमा गायन र संगीत भर्ने काम बाहेक संगीत प्रशिक्षण समेत गराउने गरेका छ्न । विशेषगरि आधुनिक , गजल र शास्त्रीय गीत संगितमा थापा आफुलाई उतार्न रुचाउँछन ।

तिनै गायक थापाले आफ्ना प्रस्तुतिहरु बजारमा ल्याउने क्रममा पछिल्लो क्रममा संसार छुट्टै थियो बोलको गजल गीत सार्बजनिक गरेका छ्न ।
प्रकाश साप्कोटा आखेटको प्रस्तुती रहेको उक्त गजलको शब्द र संगित स्वयम आखेटले गरेका छन । सफलता म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको उक्त गजल गीतमा खेम थापाको स्वर रहेको छ । खमेश श्रेष्ठको निर्देशनम बनेको उक्त गजल गीतको भिडियोमा शुशिला थापा, बिद्रोही बिष्णु प्रसाद र उजेन कार्किको अभिनय रहेको छ । भिडियोलाई सागर गौतमले खिचेका हुन भने सम्पादन नवीन घर्तीले गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *