Menu

बडीगाडको खर्वाङमा आयोजित आधारभूत मेलमिलाप तालिम उपलव्धी मूलक

दिनेश शर्मा खर्वाङ २०७५बैशाख २७ । बडीगाड गाउपालिकामा आठ दिन पहिले गत बैशाख १९ गते देखी बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा सुरु भएको सामुदायिक आधारभूत मेलमिलाप तालीमको हिँजो समापन भएको छ।

समापन कार्यक्रमकाप्रमुख अतिथी एवं बडीगाड गाउँपालिकाका अध्यक्ष मेहर सिँह पाईजाले मेलमिलाप तालिम निकै उपलव्धीमुलक भएको उल्लेख गर्दै तालिममा गरिएको अभ्यासले व्दन्दरत दुबै पक्षलाई जीतको महसूस हुने अलौकिक कला सिकाएको बताए । उनले यस प्रकारको तालिमको आयोजना गरेर नयाँ अनुभव प्राप्त भएकोमा आयोजक प्रति हार्दिक कृतज्ञतापनि व्यक्त गरे ।

प्रशिक्ष अधिबक्ता ममतादेबी शर्माले तालिमबाट सहभागीहरु निकै प्रचावित भएको पाउँदा खुशी लागेको बताईन् । प्रशिक्षक शर्माले आफुले सिकेको सीपलाई व्यवहारमा प्रयोगमा ल्याउन आग्रह समेत गरेकी थिईन् ।

सस्थाकी अध्यक्ष बिना थापाको सभापतित्वमा भएको समापन कार्यक्रमलाई गिता पोख्रेल, दान बहादुर पुन वडा न १ देखि क्रमशः २,३,५,६,८,९,१० का वडाअध्यक्षहरु बोम बहादुर थापा ,हिमा खरेल ,खडक पुन, अर्जुन खरेल, मौसम काजी क्षत्री ,यम श्रीस, कृष्ण के सी, वीरेन्द्र बुढा उपाध्यक्ष अम्बर बहादुर श्रीसले मन्तव्य राख्दै ८ दिनको कार्यक्रमले धेरै परिबर्तन आएको महसूस भएको बताएका थिए ।

समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा संस्थाकी सदस्य कुस्मा घर्तीको स्वागत मन्तव्य रहेको थियो भने संस्थाकी सचिव मायाँ केसीले कार्यक्रम सन्चालन गरेकी थिईन् ।

योपनि पढौँ –

आजको तस्वीर : एकै रातमा किन यस्ता भए, मेहरसिँह पाईजा ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *