गुल्मी जिल्ला समाज युकेव्दारा गुल्मीका अपांग असहायका लागि लाखौँ सहयोग !

प्रेम सुनार, गुल्मी २०७३ फागुन ८ । वेलायतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका गुल्मेलीहरुले संगठित भएर गृह जिल्लाका विशेष गरी अपाङ्ग र असाहयहरुका असली सरकार बन्दै आएका छन् ।

संस्थापक अध्यक्ष ओमप्रसाद थापाले सन २००७ मा गठन गरेको समाजले हाल सम्म जिल्लाका थुप्रै अपाङ्ग , असाहय र प्राकृतिक प्रकोपबाट विपतमा परेका गुल्मी जिल्लावासीको उद्धार गर्दै आएका छन् ।

समाजले सन २०११ देखि वेलायतमा विश्व अपाङ्ग दिवसका अवसरमा च्यारिटी शो गरेर आशा अपाङ्ग केन्द्र तम्घास गुल्मी मार्फत यहाँका अपाङ्गहरुको उपचार र उनिहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको हो । त्यस्तै भुकम्प पिडित , अग्नी पिडित , खर्च अभावका कारण उपचार पाउन नसकेका र घर–वास नभएकाहरुलाई घर–वास समेत बनाउँदै आएका छन् ।

जिल्लाका चारवटा स्थानमा एम्वुलेन्स सेवा समेत सञ्चालन गरेको समाजले गुल्मीमा स्थापना भएको (व्लड बैंक) रक्त सञ्चार केन्द्रको भवन निर्माणका लागि आईतवार ९ लाख रुप्रैयाँ नेपाल रेडक्रश सोसाईटी तम्घास गुल्मीलाई हस्तान्तरण समेत गरेको छ ।

समाजका अध्यक्ष राम गलामी , उपाध्यक्ष राजन खरेल, अर्का उपाध्यक्ष फणिन्द्र भट्टराई , महासचिव शिव भण्डारी , सल्लाहकार तथा पुर्व उपाध्यक्ष विनोद ज्ञवाली र सदस्य राजु मल्ल सहितको टोली वेलायतबाट आई आईतबार एक भव्य समारोहका विच उक्त रकम हस्तान्तरण गरेका हुन् ।
टोलिले यहाँका अपाङ्गहरुको सेवामा आशा अपाङ्ग केन्द्रलाई थप ३ लाख रुपैयाँ समेत हस्तान्तरण गरेको छ । कार्यक्रमका सहभागी वक्ताहरुले गुल्मी जिल्ला समाज युके यहाँका अपाङ्ग , असाहय र विपद्मा परेकोहरुका लागि असली सरकारका रुपमा चित्रित गरेका थिए ।

वाणिज्य राज्य मन्त्री सुवर्ण ज्वारचन ( कान्छी दीदी ) को प्रमुख आतिथ्ता र सांसद कृष्ण प्रसाद छन्त्यालको विशेष आतिथ्यतामा उक्त रकम हस्तान्तरण गरिएको थियो । राज्य मन्त्री कान्छी दिदीले गुल्मी जिल्ला समाज युकेको जति प्रशंसा गरे पनि कमी हुने बताईन् ।

त्यस्तै सांसद छन्त्यालले प्रशंसाको पात्र गुल्मी जिल्ला युके समाज झैं आफुहरु पनि हुनु पर्ने तर हुन नसकेको स्वीकार गर्दै अव छिट्टै आफु पनि रेडक्रसलाई सहयोग गरेर प्रशंसाको पात्र बन्ने आश्वासन दिएका थिए ।

कार्यक्रमा स्थानिय सवै राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ , जिल्लावासीको तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना , स्थानि विकास अधिकारी कल्पना श्रेष्ठ र सम्पुर्ण संघ संस्था तथा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले गुल्मी जिल्ला समाज युकेलाई कृतज्ञता जाहेर गरेका थिए ।

समाजका अध्यक्ष गलामीले वामी पुर्खेयौली घर भई हाल तम्घासमा वसाई सराई गरेका र हाल लण्डनमा रहेर समाजमै क्रियाशिल राम सापकोटाले दुई वर्ष अघि नै प्रस्ताव गरे अनुरुप च्या्िरटी शो गरेर रक्त सञ्चार केन्द्र गुल्मीलाई भवन निर्माणका लागि उक्त रकम हस्तान्तरण गर्ने समाजले निर्णय गरेको बताए ।

उनले च्यासरिटी शोमा कुल १२ लाख संकलन भएको त्यसबाट आशा अपाङ्ग केन्द्रलाई ३ लाख र ९ लाख रेडक्रसलाई दिईएको उक्त शोमा सवै भन्दा बढि सहयोग ६५ हजार नेपाली रुपैयाँ सहयोग गर्ने धुर्कोटरजस्थल घर भई लण्डन स्थित समाजमै क्रियाशिल वसन्त भण्डारीलाई विशेष धन्यवाद दिए ।

सहयोगदाता भण्डारीकी आफन्त भिमा पन्थीलाई हस्तान्तरण कार्यक्रममा अध्यक्ष गलामीले धन्यबाद दिएका थिए । उनि संगै आएका पदाधिकारीहरुले मन्तव्यका क्रममा रकम सानो भए पनि जिल्लावासीका लागि आफुहरुको भावना ठुलो ठानी दिन र सहि सदुपयोग गरी दिन आग्रह गरेका थिए ।

सहयोगी संस्था गुल्मी जिल्ला युके समाज र त्यहाँबाट आएको टोलीलाई समेत दोसाल्ला र कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा रेडक्रसको गतिविधिी वारे त्यसका जिल्ला उप सभापति कृष्णप्रसाद भण्डारीले प्रकाश पारेका थिए भने आशा अपाङ्ग केन्द्रको गतिविधी प्रवन्धक गंगा रायमाझीले प्रकाश पारेकी थिईन् ।

नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति अनुपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमा महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *