Menu

गल्कोट नगरपालिका-७ मा सार्वजनिक सुनुवाई : वडाबासीका थिए थुप्रै जिज्ञासा !

घनश्याम गौतम, गल्कोट २०७५ बैशाख २६ । गल्कोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गल्कोट एफ.एमको आयोजनामा गल्कोट नगरपालिका वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बित्तिय ब्यवस्थापन सुशासन र पारदर्शिताका लागी आयोजना गरिएको कार्यक्रममा स्थानिय घनश्याम थापा, दल बहादुर थापा, बुद्धबहादुर बस्नेत, नगेन्द्र साहानी, खडक थापा, ज्ञान बहादुर थापा, डिल बहादृर परियार बसन्त केसी, ललित मरासिनी, छबिलाल दर्जी, रामाकान्त साह, बिष्णु थापा,चन्द्र बहादुर थापा लगाएतले आआफ्नो जिज्ञासा, बिचार तथा गुनासो ब्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा लाई वडा अध्यक्ष सुबेदार टिका बहादुर थापा, जिल्ला समन्वय समतिका सदस्य दल बहादुर थापा, बडा सदस्य लोक बहादुर थापा लक्ष्मी नेपाली, मिना दर्जी र वडा सचिव महेन्द्र पौडेलले सहजिकरण गरेका एि ।

कार्यक्रममा बोल्ने बक्ताहरुले हुलुबाखोलाको झोलुङ्गे पुलको ब्यबस्थापन नभएको, उपभोक्ता समिती गठन गर्दा समन्वय नभएको, शिक्षाको बिषयमा वडाभित्र छलफल समन्वय नभएको, महिलाहरुको क्षेत्रमा बजेट कम परेको, महिला भवन, सशक्तिकरण कार्यक्रमहरु नभएको, सुचना प्रवाह उचित तरिकाले नभएको, पर्यटनका क्षेत्रमा उचित तरिकाले काम नभएका, बिद्युतको ब्यबस्थापन सहि तरीकाले नभएको, फोहोर ब्यबस्थापन नभएको, अनुगमन प्रक्रिया नाम मात्रैको भएको, किसानले राहात नपाएको, तटबन्ध तथा खोलामा भएको प्रदुषणको ब्यबस्थानमा ध्यान नपुगेको लगायतका बारेमा प्रश्न उठाएका थिए ।

कार्यक्रमको सहजिकरण गर्दै वडा अध्यक्ष थापाले वडा भित्रको खानेपानी, शिक्षा, स्वास्थ, पर्यटन, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने भरोसा दिलाए ।

कार्यक्रमको उदेश्य माथी गल्कोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सचिब वीर बहादुर चोखालले प्रकाश पारेका थिए ।

सो अवसरमा जनप्रतिनिधिहरुले गल्कोट नगरपालिका ७ लाई समृद्ध बनाउनका लागी योजना छनोट गरि प्राथमिकिकरणका आधारमा काम गर्ने बताएका थिए । वडा भित्रका महिला, दलितहरुको आवाजलाई उठाउनका लागी आफुहरुले महत्वपुर्ण भुमिका खेल्ने उनिहरुको भनाई थियो ।

कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सचिब वीर बहादुर चोखालको अध्यक्षता, वडा सचिव महेन्द्र पौडेलको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र जीबनकला खत्री सरिताको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *