Menu

जिल्लाको विकासका योजनालाई प्राथमिकीकरण गरिदिन माग गर्दै बागलुङका जनप्रतिनिधी काठमाडौमा

कमल पौडेल, बागलुङ २०७५ बैशाख २५ । जिल्ला समन्वय समिति बागलुङको अगुवाईमा जनप्रतिनिधिहरुको टोली स्थानिय मागहरुको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ । जिल्लाका विकास निर्माणका योजनाहरुको प्राथमिकीकरणको लागि संघिय सरकारका विभिन्न मन्त्रालयमा पुगेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले ईबागलुङलाई बताए ।

टोलीमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, उपप्रमुख भुसाल सहित जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसदहरु डा. सुर्य पाठक, देवेन्द्र पौडेल, मन कुमारी केसी, ज्ञान कुमारी छन्त्याल, राष्ट्रिय सभा सदस्य शान्ति अधिकारी, स्थानिय तह तर्फ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति रहेका छन् ।

टोलीले मंगलवारसम्म पर्यटन मन्त्री रविन्द्र अधिकारी, महिला तथा वालवालिका मन्त्री थममाया थापा, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुविर महासेठ, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल लगाएतलाई भेटी समग्र बागलुङको विकासका योजनालाई प्राथमिकिकरण गरिदिन आग्रह गरेको छ ।

भेटपछि सम्वन्धित मन्त्रालयवाट ढोरपाटनको समग्र विकासको लागि यथोचित वजेट विनियोजन गर्ने, जेष्ठ, महिला, वालवालिका लगाएतको लक्षित वजेट स्थानिय तहमा पठाउने, बागलुङ वजार हुँदै दक्षिण कुस्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपूर जोड्ने सडकको लागि आवश्यक वजेट विनियोजन गर्ने, सवै पालिकामा व्यवस्थित खेल मैदान, ढोरपाटनमा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर, बाङ्गेचौरमा स्तरीय खेल मैदान निर्माण गर्ने, जिल्ला भित्र डिटेल स्टीमेट भएका सवै पुलहरु निर्माणको लागि आवश्यक प्रवन्ध गर्ने लगाएतका प्र्रतिवद्धता व्यक्त भएको उपप्रमुख भुसालले जानकारी दिए ।

टोली अझै २ दिन वस्ने र संघिय सरकारका विभिन्न मन्त्रालय र मन्ीत्रहरु संग भेटि समग्र जिल्लाका विकास योजनाको विषयमा ध्यानाकर्षण गराइने भुसालले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *