Menu

बिद्यार्थी र शिक्षकका लागि लागुऔषध, मानवाधिकार एवं जबरजस्ती करणीबारे सचेतना !

रबिना बोहरा, बागलुङ, २०७५ बैशाख २५ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानपा–२ गुठी बागलुङको आयोजनामा लागु औषध तथा मानवअधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ सदरमुकाममा रहेको रुद्रेपिपल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी र शिक्षकहरुलाई मानवअधिकार तथा जबरजस्तीकरणी सम्बन्धी जानकारी दिइएको हो । विद्यार्थीहरुलाई लागु औषधबाट टाढा राख्नका लागी कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक विदुर तिमिल्सिनाले लागु औषध प्रयोग गर्दा हुने असर, भोग्नु पर्ने सजाय एवं सामाजिक परिवेशका विषयमा जानकारी दिए । लागु औषध प्रयोग गर्दा मानिस आफ्नो परिवार एवं समाजबाट अलग रहने भन्दै भविष्यप्रति पनि नकरात्मक प्रभाव पर्ने भएकाले यस्ता प्रवृत्तिलाई हटाउनुपर्ने बताए ।

यस्तै केन्द्रकी अध्यक्ष लिला खड्का र प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवाका प्रमुख अनु राईले मानवअधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका बारेमा जानकारी गराउदै केन्द्रले बालबालिकाहरु धेरै लागु औषधमा फसेकाले सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।
बागलुङ जिल्लामा पनि लागु औषधमा दुव्र्यसनमा फस्ने बालबालिकाहरुको संख्यामा बृद्धि भएकाले यसको नियन्त्रणमा सबैको ध्यान जानु आवश्यक देखिएको छ ।

कार्यक्रम केन्द्रका अध्यक्ष लिला खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी शर्मा चापागाईको स्वागत मन्तव्य र महासचिव अञ्जु जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सचेतना कार्यक्रममा रुद्रेपिपल माध्यामिक विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रअ राजेश श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *