Menu

निर्माणाधीन माझीबस्तीमा भएको लापर्बाही बुझ्न नगर विकास कोषका निर्देशक आउदै !

पोखराबाट अख्तियारको टोली पनि छिट्टै आउने पीडित माझीहरुको बिश्वास !

बागलुङ २०७५ बैशाख २५ । बागलुङ नगरपालिका १ खनियाबासमा अल्पसंख्यक माझीहरुको आवासका लागि निर्माण भैरहेका घरहरु गुणस्तरहीन भएको भन्दै चर्चा परिचर्चा चुलिएपछी सम्वद्ध पक्षको ध्यानाकृष्ट भएको छ ।

२०७१ सालमा बानपा १ रामरेखाको वडा भेलाले माझीहरुको समस्या स्थानीयहरुबीच छलफल गरेर मात्र समाधान हुने ठहर गरी केबी रानामगरको अध्यक्षतामा ११ सदस्यीय स्थानीय माझी बस्ती व्यवस्थापन समन्वय समिति गठन भै बांगेचौरमा २५ बर्ष पहिले देखी अस्थाईरुपमा बसोबास गर्दै आएका माझीहरुलाई उनिहरुकै थातथलोका फर्काउने अभियान सुरु भएको थियो ।

यो समितिले जग्गाको समस्या समाधान गर्दै लुमन्ती नामको गैह्र सरकारी संस्थाले कम लागतको घरको डिजाईन स्टमेट गरी बागलुङ नगरपालिकाको अभिभावकत्वमा नगर विकास कोषको मुख्य लगानीमा १४ वटा घरहरु निर्माणका लागि टेण्डर आव्हान गर्नेे निर्णय गरेपनि नगरपालिकाले एक वर्ष पछी मात्र टेण्डर आव्हान गर्दा मुक्तिनाथ बी ए एन त्रिशक्ति जेभी ठेकदार कम्पनिलाई ठेक्का प-यो । २०७४ साल असोज महिना अगावै घरहरु निर्माण गरी माझीहरुलाई दिने सम्झौता भएपनि नगरपालिकाको गलत ईस्टिमेट र नगरपालिका र ठेकदार बीचको चलखेलबाट एकदमै कमसल निर्माण सामाग्रीको प्रयोग गरी घरहरु गुणस्तरहीन बनिरहेकाले यसबारे समन्वय समितिले नगरपालिका र नगर विकास कोषको बारम्बार ध्यानाकर्षण गराउदा सरोकाराला दुबै निकायबाट चासो नदिएपछी गत चैत महिनामा राजिनामा दिएको थियो ।

अल्पसंख्य माझीहरुको लागि बनिरहेका सिमेन्ट ब्लकको गारो कर्कट पाताको छानो भएका घरहरु सानो हावा/हुरी आएपनि उडाउने खालका कच्ची बनेपछी पीडित माझीहरुले अख्तियारमा उजुरी दिएका छन् । घरहरुको निर्माणमा भएको लापर्बाही भ्रष्टाचारका समाचारहरु ईबागलुङ लगायत विभिन्न सन्चार माध्यमहरुमा प्रकाशित भएपछी नगर विकास कोषका निर्देशक बिनोद न्यौपाने आउदो आईतबार माझी बस्तीको अध्ययन अवलोकन गर्न आउने भएको समाचार प्रकाशमा आएपछी भ्रष्टाचारीहरुमा खैलाबैला मच्चिएको छ । पीडित माझीहरुले घरहरु निर्माणमा भएको लापर्बाही र भ्रष्टाचारका सम्वन्धमा अख्तियारको पोखरा कार्यालयमा उजरी दिएकाले अख्तियारको टोली पनि आउने माझीहरुले विश्वास जताएका छन् ।

यो पनि पढौँ

आजको तस्बीर : यस्तो छ, अल्पसंख्यक माझीबस्तीको दूर्दशा !
नगरपालिकाको लापरबाहीले माझीबस्ती बनेन, व्यवस्थापन समन्वय समितिले दियो राजिनामा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *