Menu

कुस्मीसेरामा ‘फाल्गनु २४’ फिल्मको च्यारिटी शो गरिने !

कमल राना, कुस्मीसेरा २०७५ बैशाख २५ । स्थानीयले माग गरे पछि बागलुङको जैमिनी नगर पालिकामा पनि फिल्म ‘फाल्गुन २४’ को च्यारिटि सो गरिने भएको छ ।

पूराना कम्युनिष्ट नेता मोहन विक्रम सिंहद्वारा लिखित तथा कलाकार हेमराज आश्रमद्वारा निर्देशित फिल्म ‘फाल्गुन २४’ परिसूचन साप्ताहिक पत्रिकाको आयोजनामा जैमिनी नगरपालिका वडा न. १ कुस्मीसेरामा च्यारिटी सो गरिने भएको हो ।

जैमिनीका स्थानीहरुले च्यारिटी सो गर्न माग गरे पछि आगामी जेठ ५ गते शान्तीद्वीप बहुमुखी क्याम्पसमा च्यारिटी सो गरिने पत्रिकाका सम्पादक ताराप्रसाद शर्माले बताए ।

२०१० सालमा प्यूठानमा भएको किसान आन्दोलनको विषयलाई लिएर लेखिएको फिल्ममा बागलुङकै कलाकारहरुको शसक्त अभिनय रहेका कारण पनि स्थानीयहरु च्यारिटी सोको लागि माग गरेको शर्माको भनाई छ ।

फिल्ममा बागलुङको काठेखोला गाउँपालिका वडा न. ४ का टिका संगम बिक हर्केको भुमिकामा देखिएका छन् । भने बागलुङकै कलाकार तथा प्रदेश सांसद पीयारी थापा नायिकको भुमिकामा रहेकी छिन् ।

कलाकारहरु दानबहादुर थापा, थुमराज ढुङ्गाना, गिता थापा, विष्णु शर्मा, कमल रानाको शसक्त भुमिका रहेको छ भने नारायण योगी, लक्ष्मी पौडेल, नविन बस्यालले पनि अभिनय गरेका छन् । अहिले च्यारिटी सोको लागि तयारी भईरहेको छ । फिल्मले नेपालमा भएको कम्युनिष्ट आन्दोलनको इतिहासलाई बुझ्न सघाऊ पुग्ने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *