Menu

प्रवास : युएईमा २५६२ औ बुद्ध जयन्तीमा सांस्कृतिक साँझको आयोजना गरिदै

शेषराज न्यौपाने, युएई, २०७५ बैशाख २३ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज युएई क्षेत्रीय समिति अबुधाबीको संयोजनमा मे ११ तारिख, शुक्रबारको दिन आबुधाबीस्थित मलयाली समाजको हल मूसाफामा बृहत् बुद्ध जयन्ती सांकृतिक साँझको आयोजना गरिएको छ ।

कार्यक्रमलाई भब्य, सभ्य तथा एतिहासिक रूपमा सफल बनाउन युएईमा सक्रिय सबै संघ संस्थाहरुलाई अन्तराष्ट्रीय कलाकार संघ ९इनास० ले सार्वजनिक रुपमा आह्वान गरेको छ ।

सांस्कृतिक कार्यक्रममा नेपाली भेष भूषा, धर्म संस्कृति झल्काउने खालका विभिन्न कार्यक्रम हरु ९मोलम, पूजापाठ, प्रवचन तथा प्रसाद ग्रहणको व्यवस्था० राखिएको आयोजक समितिका संयोजक भिम घिसीङले जानकारी दिए । कार्यक्रमलाई थप आकर्षक बनाउन आयोजकले नेपालबाट चर्चित गायक अनिल सिंह र गायिका अमृता साम्भहाम्वेलाई ल्याउने भएको छ।

युएईका स्थानीय कलाकारहरु पारस लामा, सारिका सुनार, दिपक गुरुङ, सन्ध्या मोक्तान लगायत विभिन्न कलाकारको बेजोड़ प्रस्तुति रहने उक्त कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा देखाउन चाहने जो कोहिले आयोजकसँग सम्पर्क गरेमा अवसर दिईने घिसीङले जानकारी दिए ।

पाथीभरा न्यूज, न्यूज ठनेपाल, सुनौलो नेपाल डटकम, लाईक नेपाल डटकम मुख्य मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा हिमालयन एरलाईन्सले मुख्य प्रायोजन गरेको छ । उक्त कार्यक्रमलाई एनआरएनए युएई लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन । कार्यक्रमलाई भव्य सभ्य र ब्यवस्थित बनाईने अन्तिम तयारी भएकोले युएईमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहने विश्वास आयोजकको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *