Menu

सहकारी शिक्षा कार्यक्रम सम्पन्न, कार्यक्रम फलदायी भएको सहभागीको ठहर !

बसन्त घर्ती मगर, तमान २०७५ बैशाख २३ । तीन दिन देखि तमानमा संचालन भएको सहकारी शिक्षा कार्यक्रम तेस्रो दिन आज समापन भएको छ ।

युवा जागरण कृषि सहकारी संस्था लिमिटेड, तमानखोला गाउँपालिका ३, तमान, बागलुङको समन्वय, तमानखोला गाउँपालिकाको आर्थिक सहयोग र सहकारी शिक्षा कार्यक्रम उपभोक्ता समिती, तमानको आयोजनामा सम्पन भएको सो कार्यक्रमको समापन समारोहमा तमानखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गिर बहादुर घर्ति मगर, प्रशिक्षक जिल्ला सहकारी संघ, बागलुङका सचिव, लखन बहुउद्देश्यीय सहकारी संस्था, बागलुङका कोषाध्यक्ष एवं अधिवक्ता तेजेन्द्र थापा मगर र तालिममा सहभागीहरुको तर्फ बाट ओमकुमारी बुदाथोकी मगर र जग बहादुर बुदा मगरले मन्तव्य राखेका थिए ।

कार्यक्रम निकै उपलब्धिमूलक, जानकारीमुलक र सहकारीको महत्व बुझाई सन्देश प्रदान गर्नमा सफल भएको सहभागीहरुले बताएका छन् । यस्ता खाले कार्यक्रम हाम्रो जस्तो दुर दराजमा अझै गर्नुपर्ने र त्यसका लागि स्थानीय तह बाट बजेट छुटयाउन पहल गर्ने वडाध्यक्ष घर्तिले बताए ।

उक्त समापन कार्यक्रम युवा जागरण कृषि सहकारी संस्था लिमिटेड, तमानका उपाध्यक्ष मनकुमारी बुदाथोकी मगरको अध्यक्षता र युवा जागरण कृषी सहकारी संस्था लिमिटेड, तमानका सचिव रोहित बुदा मगरको सन्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *