मातृ शोकमा रहेका दुई टुहरीलाई प्रेम प्रस्ताव राख्नेलाई पत्रकार प्रेम सुनारको चेतावनी !

यी टुहरीहरुलाई सहयोगको अति आवश्यकता छ, सबैले सक्दो सहयोग गरौँ- पत्रकार सुनार

गुल्मी २०७३ फागुन ८ । मातृ शोकमा रहेका गुल्मी भनभनेका यी (तस्बीर) पीडित दुई बहिनी किशोरीहरु सहयोगको अपेक्षा राख्दै आईतवार गुल्मी सदरमुकाम तम्घास आई पुगेका छन् । १० वर्ष पहिले सडक दुर्घटनामा परी बाबु गुमाएका यी किशोरीहरुकी संरक्षकको रुपमा रहेकी आमाको हालै निधन भएपछी चन्दा उठाएर आमाको काजक्रिया सकेर तम्घास आईपुगेका हुन् ।

सहकर्मी प्रेम सुनार यी दु:खी पीडित किशोरीहरुलाई सहयोग जुटाउन प्रयत्नरत छन् । उनकै प्रयासमा यी दु:खी किशोरीहरुको समाचार प्रकाशमा आएको हो । देश विदेशबाट सहयोगको आश्वासन प्राप्त भैरहेको बताउदै सहकर्मी सुनार भन्छन्, ‘घरमा तीन महिनालाई खान पुग्ने श्रीसम्पति छैन, यिनीहरुलाई सहयोग गर्ने आफना दाजुभाई कोहि छैनन् । यी टुहरीहरुलाई सहयोगको अति आवश्यकता छ, सबैले सक्दो सहयोग गरी यिनीहरुलाई आपतबाट पार लगाऔँ ।’

यति बेला सहकर्मी सुनारको सबै ध्यान यिनै दुई पीडित बहिनीहरुको उद्धारमा केन्द्रित रहेको छ । उनी हरतरहबाट सहयोग जुटाउने प्रयासमा रहेका छन् ।

सहकर्मी सुनार गुल्मीमा आपत बिपतमा परेकालाई सहयोग गर्ने प्रमुख माध्यम (व्यक्ति) मानिन्छन । उनको प्रयासबाट गुल्मी जिल्ला लगायत बागलुङ, अर्घाखाँची लगायतका दुखी पीडितहरुको उद्धार भएको धेरै उदाहरणहरु छन् ।

सहयोगको आश्वासनका साथसाथै केहि मित्रहरुले मातृ शोकमा रहेका यी किशोरीलाई मोबाईलमा विवाहको प्रस्ताव गरेर जिस्क्याउने गरेको दु:खद प्रशंग उल्लेख गर्दै सहकर्मी सुनारले भने, ‘साउदी अरब, दुबई र भारतबाट मातृशोकको पीडामा रहेका यी वहिनीहरुलाई बिबाहाको प्रस्ताव राखी जिस्क्याउनेहरुको फोन र म्यासेज रिकर्ड गरेको छु, आवश्यक परे सार्वजनिक गर्नेछु ।’

उता पीडित बहिनीहरु भन्छन्, ‘राम्रा मान्छेको सहयोग र साहनुभुति भन्दा नराम्रा मान्छेको गलत गलत फोनले हामी ह्रैरान भयौ ।’

पत्रकार सुनार ईबागलुङका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *