Menu

वामी टक्सार हिँडेका बिक बडीगाड खोलामा मृत फेला, छत्रकोटकी किशोरीव्दारा आत्महत्या !

प्रेम सुनार, गुल्मी २०७५ बैशाख २२ । गुल्मीमा आज विहान एक जना पुरुषको शव बडीगाड खोलामा फेला परेको छ भने यता गुल्मी कै छत्रकोटमा एक किशोरीले ज्यान हालेकी छन् ।

मुसिकोट नगरपालिका वडा नम्वर ३ , बडागाउँ मैदानका ६० वर्षिय वोमबहादु बिक सोही नगरपालिका –७ को बडीगाड खोला किनारमा मृत फेला परेका हुन् । त्यस्तै छत्रकोट गाउँपािलका वडा नम्वर ६ स्थित १५ वर्षिया किशोरी रञ्जना श्रेष्ठले ज्यान हालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार मृत फेला परेका बिक बैशाख १६ गते बैंकमा खाता खोल्न जान्छु भन्दै वामीटक्सार तर्फ हिडेका थिए ।

परिवारले खोज्दै जाँदा खोला किनारमा मृत फेला पारेका थिए । आफ्नै घरको पंंखाको हुपमा चुङ्गिको पासो लगाई ज्यान हालेकी श्रेष्ठले वावु आमाले गाली गरेको लगायतको सुसाईट नोट लेखेर ज्यान हालेको चौधरीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *