Menu

‘जावो एकरात पोईला गा’को नि त्यत्रो डाह ?’

प्रेम सुनार गुल्मी २०७५ बैशाख २२ । श्रीमानको मृत्यु पछि दुधे वालक सहित चार सन्तानलाई छाडेर दोश्रो घरवारमा रमाउन हिडेकी छिमेकी जिल्ला अर्घाखाँचीकी एक महिला अहिले पुनः पहिला कै घर फर्किने उत्कट चाहना राखेकी छन् ।

मालारानी गाउँपालिका– वडा नम्वर १ , मरेङ्ग सुन्दरपोखराका ७० वर्षिय यमलाल पोखरेल र उनको चार नातिनातिनाको विचल्ली खवर गुल्मीबाट उत्पादन हुने कार्यक्रम ओझेलका खवरबाट प्रशारण भएर लाखौं रुपैयाँ सहयोग संकलन गरेपछि अर्घातोषमा दोश्रो विवाह गरेर हिडेकी पोखरेलकी वुहारी फर्किन चाहेकी हुन् ।

पोखरेलका छोरा भारतमा मजदुरी गर्न गएको वेला ५ वर्ष अघि आफ्नै उपचार गर्ने एकातिर खर्च नभएको र अर्कोतिर परिवार पाल्ने उपाय नभएको तनावमा उहि आत्महत्या गरेका थिए । यता झन विपद् प¥यो उनकी श्रीमतीलाई । उनले पनि छोरा छोरी पाल्ने कुनै उपाय नभए पछि ती चार स–साना वालिवालिकालाई छाडेर हिँडिन अर्को पुरुष संग ।

यता ७० वर्षिय बृद्ध यमलालले ती वालवालिका हुर्काउन बढो मुस्कील प¥यो । स्थानियले ठुलो विपद् देखे । घर पनि चुहिने । जनश्रमदान गरेर घरको छाना छाई दिए । दुई डोका मकै नहुने जमिन ।

डाँडामाथीको घाम भई सकेको बृद्ध । उनको तल माथी केहि भयो भने ती अवोध वालवालिकाको अवस्था के होला ? भनेर स्थानियले आग्रह गरेपछि उनिहरुको विपद्को कथा ओझेलका खवरमा प्रशासरण भएपछि ५ लाख भन्दा बढि रकम उनिहरुलाई सहयोग भयो ।

त्यो रकम आएको थाहा पाए पछि बल्ल अहिले लालाबाला छोडेर जाने ती निष्ठुरी आमाको छोरा छोरी माथी मन पलाएको छ । एक स्थानियसंग उनले मलाई ससुरा र गाउँवासीले मानेत ती छोरा छोरीलाई स्यहार सुसार गर्न फर्किने थिएँ ।

उनको यो प्रस्तावले यति वेला गाउँमा हाँसो चलेको छ । किन कि त्यति पैसा भए पछि ती वालवालिकालाई स्यहार सुसार गर्ने अव जो कोहि हुन सक्छन् ।

उनको त्यो प्रस्तावले केहि वर्ष अघि गुल्मीको ईस्मामा दोश्रो विवाह गरेर गएको दोश्रो दिन पुनः पहिला कै श्रीमान संग फर्किएकी महिलाको कथनलाई स्मरण समेत गराएको छ ।

पुरुषको वास्तविकता बुझ्दै नबुझी लसपस गरी श्रीमान र छोरा छोरी छाडरे त्यही पुरुष संग विवाह गरेर गएकी ती महिला चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी भने झै भई छन् । घर पुग्दा तिग्रे मुग्रे डर लाग्दी सौता ।

हुन सम्मको राम धुलाई पाए पछि उपाय के थियो र ? मरेको मुख लिएर सती सावित्र हुँदै पुरानै घर फर्किछन् । एककान दुईकान मैदान भयो उनको बारेमा गाउँमा । पँधेर्नीहरुले कुरा काट्न थाले यसरी कुरा काट्न थाले–‘ थुईया…नकटी ….एक चोटी पोईला गएर पनि फेरी फर्के आउने … ’

यस्तो कुरा धेरै दिन सम्म उनको कानमा पर्न थालेपछि के भनुँ, के भनु भएकी उनको पालो मुखभरीको जवाफ दिएँ भन्ने बेलामा यसरी कुरो फुस्काईन–‘ मान्छे सधैका लागि पोईला जान्छन र त केहि हुन्न म जावो जम्मा एक रात पोईला गा’को पनि ईनिरुलाई त्योत्र डाह ?.’

त्यस्तै छोरा छोरीको आँखाभरी आँशु बनाएर बुढो बैशले उन्मत्त हुनेहरुलाई एक दिन त्यस्तै दिन आउन सक्छ । ख्याल गरौं एकछिनको अलच्छिने बैश नियन्त्रणमा राख्न नसक्दा भोलि तपाईको पनि हालत ती अर्घाखाँची र गुल्मीकी महिलाको जस्तै होला , सवैले चेतनाको ढोका खोल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *