Menu

गाउँको बिद्यालयको लागि साउदीमा कार्यरत क्षेत्रीले दिए २० हजार सहयोग !

कुस्मीसेरा २०७५ बैशाख २२ । जैमिनी नगरपालिका वडा न. ७ जैदी बोरमा रहेको भगवती प्राथमिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धिगर्ने उद्देश्य सहित प्रवासमा जैमिनी नगरबासीले सञ्चालन गरेको आर्थिक संकलन अभियानमा जैमिनी ७ जैदी बोर घर भई हाल साउदीमा कार्यरत जङ्गबहादुर क्षेत्रीले २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

क्षेत्रीले बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाको नेपाल बैङ्क लि.को खाता न.०२२००१०६४७६८६१०००००१ मा सो रकम जम्मा गरेर यो अभियानलाई अगाडी बढाएका हुन् ।

विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गर्ने र विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि रकम सहयोग गरेको क्षेत्रीको भनाई छ । प्रवासमा रहे पनि आफु जन्मेको ठाउँ प्रतिको उत्तरदायित्व सम्झेर आफुले सहयोग गरेको उनले बताए ।

स्मरणीय छ, प्रवासमा देवेन्द्र राना र जङ्गबहादुुर क्षेत्रीको नेतृत्वमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *